अफगानिस्तानले निजामती कर्मचारीहरूलाई स्मार्टफोन प्रयोग गर्न प्रतिबन्ध लगायो

  • Technology Khabar | ६ असार २०८३, शनिबार
अफगानिस्तानले निजामती कर्मचारीहरूलाई स्मार्टफोन प्रयोग गर्न प्रतिबन्ध लगायो

काठमाडौं ।

तालिबान सरकारको पहलपछि अफगानिस्तानमा सार्वजनिक अधिकारीहरूलाई “स्मार्टफोन” प्रयोग गर्नबाट प्रतिबन्ध लगाउने नियम लागू गर्न सुरु गरिएको छ।

“इस्लामिक इमिरेट (अफगान राज्य) को मौखिक आदेशमा सबै विभाग प्रमुखहरूलाई अबदेखि तालिबान सेवाका कुनै पनि कर्मचारीले स्मार्टफोन प्रयोग गर्न पाउने छैनन्” भनि पढेर जानकारी गराइएको बदख्शान प्रान्तका एक अधिकारीले भने।

टेलीग्राफका अनुसार उक्त पाठमा “सबै विभाग प्रमुखहरूलाई जुन १७ देखि स्मार्टफोनको प्रयोग कडाइका साथ निषेध गरिएको छ भनेर सबै तहका कर्मचारीहरूलाई जानकारी गराउन अनुरोध गरिएको छ” भन्ने उल्लेख छ।

यो उपाय राजनीतिक र सैन्य शक्ति दुवैमा लागू हुनेछ भने सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले मात्र अपवाद प्रदान गर्न सक्ने स्पष्ट पारिएको उल्लेख गरिएको छ।

“स्मार्टफोन” को प्रयोग विशेष गरी ”सार्वजनिक क्षेत्रसहित अफगानिस्तानका शहरहरूमा व्यापक रहेको बताइएको छ।

गजनीका एक नगरपालिका अधिकारीले उनलाई स्मार्टफोन प्रयोग गर्दा बर्खास्त र फौजदारी अभियोजनद्वारा दण्डनीय हुन सक्ने चेतावनी दिइएको पुष्टि गरेका छन्।

बदख्शान प्रान्तीय अधिकारीका अनुसार नियम उल्लङ्घन गरिएमा ६ महिना जेल सजाय हुने बताइएको छ। अगस्ट २०२१ मा सत्ता सम्हालेदेखि, तालिबान अधिकारीहरूले धेरै क्षेत्रहरूमा कडा उपायहरू लागू गरेका छन्।

प्रकाशित: ६ असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...