
काठमाडौं ।
अनुसन्धान संस्था काउन्टरपोइन्टको पछिल्लो रिपोर्ट अनुसार २०२६ को पहिलो त्रैमासिकमा विश्वव्यापी स्मार्ट वेयरेबल बजार ४ प्रतिशतले वृद्धि भएको छ।
हालको यो वृद्धि २०२४ को कठिनाइ पछि २०२५ मा स्थिर सुधारपछि आएको हो। तुलनात्मक रूपमा एप्पलको नयाँ वेयरेबल डिभाइसहरूले आम्दानी वृद्धिलाई बढावा दिएको र उपभोक्ताहरू अब सामान्यतया प्रिमियम स्मार्टवाचहरू किन्न बढी इच्छुक भएको विश्लेषकहरूले बताएका छन्।
चिनियाँ स्मार्टवाच बजारको वृद्धिले पनि हालको वृद्धिमा धेरै योगदान पुर्याएको बताइएको छ। घरेलु बजारमा ह्वावेले नेतृत्व गरेको छ भने त्यसपछि इमु दोस्रो स्थानमा र शाओमी तेस्रो स्थानमा रहेका छन्। चिनिमा ढुवानी १५ प्रतिशत वार्षिक रूपमा वृद्धि भएको र ह्वावेले घरेलु बजार हिस्साको ४० प्रतिशत कब्जा गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
यो वर्षको पहिलो त्रैमासिकमा विश्वव्यापी औसत बिक्री मूल्य (एभरेज सेलिङ प्राइस–एएसपी) वार्षिक रूपमा ६ प्रतिशतले वृद्धि भएको छ भने त्यसले उपभोक्ताहरूले थप प्रिमियम सुविधाहरू खोजिरहेको संकेत गरेको बताइएको छ।
त्यसैगरी निर्माताहरूले पनि मागलाई धन दिइरहेका देखिएको छ। नयाँ वेयरेबल डिभाइसहरूले थप प्रिमियम सुविधाहरू, थप सेन्सरहरू र समग्रमा राम्रो हेल्थ–ट्र्याकिङ क्षमताहरू प्रदान गर्दछन्।
उत्तर अमेरिकाले एप्पलको कुल ढुवानीको आधाभन्दा बढी योगदान पुर्याएको बताइएको छ। एप्पलले २३ प्रतिशत बजार हिस्साका साथ पहिलो स्थान सुरक्षित गरेको छ र यो २०२५ को पहिलो त्रैमासिकको तुलनामा २१ प्रतिशत वृद्धि भएको बताइएको छ।
बिक्रीमा १२ प्रतिशत वृद्धिका साथ ह्वावे दोस्रो स्थानमा रहेको छ भने त्यसपछि शाओमी तेस्रो स्थानमा, इमु चौथो स्थानमा र सामसङ पाँचौं स्थानमा रहेको छन्। साथै सामसङले २८ प्रतिशतको उल्लेखनीय गिरावट बेहोरेको उल्लेख गरिएको छ।
प्रकाशित: ६ असार २०८३, शनिबार