राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्यो कक्षा १२ को नतिजा: यसरी हेर्नुहोस्

  • Technology Khabar | ५ असार २०८३, शुक्रबार
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्यो कक्षा १२ को नतिजा: यसरी हेर्नुहोस्

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ।

परीक्षा बोर्डका अनुसार यसपटकको परीक्षामा ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

कसरी हेर्ने नतिजा?

यसअघिका संस्करणमा झैं बोर्डले एसएमएस, आईभीआर तथा वेबसाइटलगायत विभिन्न माध्यमबाट नतिजा हेर्न सक्ने व्यवस्था मिलाएको छ।

 वेबसाइट 

परीक्षा बोर्डले तलका वेबसाइटहरूमा गएर विद्यार्थीले सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्ने व्यवस्था मिलाएको छ:

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट: result.neb.gov.np र www.neb.gov.np

नेपाल टेलिकमको वेबसाइट: https://neb.ntc.net.np

नेपाल टेलिकमले भने वेबसाइटमात्र नभई यूएसएसडी तथा आईभीआर र एसएमएसका माध्यमबाट पनि नतिजा हेर्ने व्यवस्था गरेको छ।

 आईभीआर

आईभीआर भनेको कुनै निश्चित नम्बरमा फोन गरेर आएको निर्देशन पालाना गर्दै जानुपर्ने प्रविधि हो। नेपाल टेलिकमको आईभीआर सेवामा पनि ल्याण्डलाइन वा मोबाइल फोनबाट १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो नतिजा सुन्न सकिने व्यवस्था गरिएको छ।

एसएमएस 

एसएमएसमार्फत् नतिजा हेर्ने प्रविधि नयाँ होइन। यसअघिका एसईईलगायत थुप्रै परीक्षामा एसएमएसमार्फत् नतिजा हेर्न मिल्नेगरी धेरै एसएमएस सेवा प्रदायकहरुले व्यवस्था मिलाउने गरेका थिए। यस पटक भने नेपाल टेलिकमको १६०० शर्टकोडमा मात्र यो सेवा उपलब्ध छ।

यसका लागि मोबाइलको मेसेज बक्समा NEB टाइप गरेर एउटा स्पेस छाडी सिम्बोल नम्बर टाइप गर्नुपर्छ। यो मेसेजलाई १६०० शर्टकोडमा पठाएपछि तुरुन्तै नतिजा प्राप्त हुन्छ।

यूएसएसडी 

मोबाइलबाट *१६०१# डायल गरेर निर्देशनअनुसार आफ्नो सिम्बल नम्बर राखेर तुरुन्तै नतिजा प्राप्त गर्न सकिन्छ। यो राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा नेपाल टेलिकमले उपलब्ध गराएको सेवा हो।

NEB Grade 12

प्रकाशित: ५ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार