

काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन सेवा प्रवाह सुचारु भएको छ।
सरकारको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) मा समस्या उत्पन्न हुँदा इन्टरनेट सेवा अवरुद्ध भएका कारण कार्यालयको सर्भर चल्न नसकी कार्यालयवाट प्रवाह हुने सम्पूर्ण अनलाइन सेवा प्रभावित भएको थियो।
सोही दिन ५ बजे समाधान भएर सर्भर सञ्चालनमा आइसकेको र कार्यालयको अनलाइन सेवा प्रवाह सुचारु भइसकेको कार्यालयले सूचनामार्फत् जानकारी दिएको हो।
प्रकाशित: ३ असार २०८३, बुधबार