सामसङको आगामी फोल्डेबलहरूको स्क्रिन प्रोटेक्टरहरूको तस्बिर लीक

  • Technology Khabar | २ असार २०८३, मंगलवार
सामसङको आगामी फोल्डेबलहरूको स्क्रिन प्रोटेक्टरहरूको तस्बिर लीक
फोटो सौजन्यः आइस युनिभर्स/जीएसएमएरिना

काठमाडौं ।

भिन्नताहरूकोसामसङको आगामी फोल्डेबलहरूको बारेमा अर्को नयाँ लीक बाहिरिएको छ। ग्यालेक्सी जेड फ्लिप८, ग्यालेक्सी जेड फोल्ड८ (वाइड) र ग्यालेक्सी जेड फोल्ड८ अल्ट्राका लागि कथित स्क्रिन प्रोटेक्टरहरू अनलाइन देखा परेका छन्।

टिपस्टर आइस युनिभर्सले सामसङको आगामी ग्यालेक्सी जेड फोल्डेबल स्मार्टफोनहरूको लागि भनेर दाबी गरिएका स्क्रिन प्रोटेक्टरहरूको तस्बिर साझा गरेको बताइएको छ। उक्त तस्बिरमा आगामी ग्यालेक्सी जेड फोल्डेबल स्मार्टफोनहरूको स्क्रिन प्रोटेक्टरहरू एक–अर्कासँग तुलना गर्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ

लीक भएको तस्बिरले तीनओटा डिभाइसहरूमा कभर डिस्प्लेको आकार भिन्नताहरू हाइलाइट गर्दछ। अपेक्षा गरिए अनुसार, तीनओटा ग्यालेक्सी जेड फोल्डेबल स्मार्टफोनहरूमा ग्यालेक्सी जेड फोल्ड८ अल्ट्राको सबैभन्दा अग्लो कभर डिस्प्ले र त्यसको अनुपात ग्यालेक्सी जेड फोल्ड७ सँग समान देखिएको उल्लेख गरिएको छ।

सामसङको वाइड–फर्म्याट फोल्डेबल ग्यालेक्सी जेड फोल्ड८ को डिस्प्ले अल्ट्रा मोडेलको भन्दा छोटो तर उल्लेखनीय रूपमा चौडा भएको बताइएको छ। त्यसैगरी, ग्यालेक्सी जेड फ्लिप८ को लागि लीक भएको स्क्रिन प्रोटेक्टरले ग्यालेक्सी जेड फ्लिप७ जस्तै कभर डिस्प्ले डिजाइन हुने देखाएको छ।

यो भन्दा पअिलेको लीकमा सामसङको आगामी ग्यालेक्सी जेड फोल्ड८ फोल्डेबलहरूको डमी एकाइहरू एक–अर्काको छेउछाउमा तुलना गरिएको अवस्थामा देखा परिसकेका छन्।

प्रकाशित: २ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार