
काठमाडौं ।
चालु आर्थिक वर्षको दशौं महिना २०८३ वैशाखमा नेपालमा डिजिटल वालेटमार्फत हुने कारोबार रकम र सङ्ख्या दुवै उल्लेख्य बढेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको २०८३ वैशाख मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी कारोबार रकममा तथा सङ्ख्यामा उल्लेख्य बढोत्तरी देखिएको हो।
यो प्रवृत्ति अघिल्लो महिना पनि उस्तै रहेको थियो।
फागुनबाट चैत मसान्तसम्म जाँदा कारोबार रकम ३ अर्ब ५९ करोड ६० लाख रुपैयाँले बढेर ५२ अर्ब ३ करोड १० लाख पुगेको थियो।
यो आँकडा चैतबाट वैशाख मसान्तसम्म पुग्दा १ अर्ब ६ करोड ७० लाख रुपैयाँले बढेर समग्रमा ५३ अर्ब ९ करोड ८० लाख रुपैयाँ पुगेको छ।
यसैगरी कारोबार सङ्ख्या फागुनबाट चैत मसान्तसम्म आइपुग्दा १६ लाख ४८ हजार ८०२ ले बढेर समग्रमा ४ करोड ६५ लाख ६९ हजार १४४ पुगेको थियो।
चैतबाट वैशाख मसान्तसम्म पुग्दा यो आँकडा ३३ लाख ६६ हजार ९७८ ले बढेर समग्रमा ४ करोड ९९ लाख ३६ हजार १२२ मा पुगेको विवरणमा उल्लेख छ।
प्रकाशित: ३० जेष्ठ २०८३, शनिबार