एआईको विकासका लागि अनुसन्धान र मानव संशाधनमा लगानी गर्नुपर्छ: डा प्रत्युष कुमार

  • Technology Khabar | २९ जेष्ठ २०८३, शुक्रबार
एआईको विकासका लागि अनुसन्धान र मानव संशाधनमा लगानी गर्नुपर्छ: डा प्रत्युष कुमार

काठमाडौं ।

भारतको सर्वम एआई र एआई४भारतका सह संस्थापक तथा आईआईटी मद्रासका फ्याक्टी डा प्रत्युष कुमारले कृत्रिम बुद्धमत्ताको विकासका लागि अनुसन्धान र मानव संशाधनमा लगानी गर्नुपर्ने बताएका छन्।

उनले भारतीय दूतावासद्वारा आज काठमाडौमा आयोजित उदीयमान प्रविधिमा नेपाल-भारत साझेदारी नामक छलफल कार्यक्रममा यस्तो बताएका हुन्।

डा कुमारले नेपाल र भारतको एआई परिदृश्यबारे वर्णन गर्दै यसका लागि मानिसहरुलाई पर्याप्त तालिम दिनुपर्ने र त्यसमार्फत तयार हुने जनशक्तिका लागि समय लाग्ने पनि बताए।

उनले हाल मानिसहरुले ओपन सोर्समा काम गर्ने भएकाले समस्या निम्तिएको बताउँदै ओपनसोर्समा डाटा उल्लङ्घन र ह्याक हुने सम्भावना पर्याप्त हुने भएकाले यस्ता जोखिम हटाउने सिस्टम तयार गर्नुपर्ने आवश्यकता औंल्याए।

कम्पनीहरुमा जानुअघि पहिले मोडल र एप्लिकेशन बनाएर स्टार्टअपका रुपमा शुरु गर्नुपर्ने उनले बताए। उनले अर्को समस्या बजेटमा देखाए। सबैजना एआईमा लाग्ने तर एआईका क्षेत्रमा पर्याप्त बजेट नछुट्याइएमा उद्देश्यमा अघि बढ्न नसकिने उनको धारणा थियो।

प्रकाशित: २९ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार