एक्सएआईका पूर्व इन्जिनियरले किन हाले कम्पनीविरुद्ध मुद्दा?

  • Technology Khabar | २९ जेष्ठ २०८३, शुक्रबार
एक्सएआईका पूर्व इन्जिनियरले किन हाले कम्पनीविरुद्ध मुद्दा?

काठमाडौं ।

एक्सएआईका पूर्व इन्जिनियरले कम्पनीविरुद्ध मुद्दा दायर गर्दै ग्रोकको सुरक्षासम्बन्धी चिन्ता उठाएकै कारण आफूलाई जागिरबाट निकालिएको दावी गरेका छन्।

सेप्टेम्बर २०२५ मा एक्सएआईछोडेका डेभिन किमले मंगलबार क्यालिफोर्नियाको राज्य अदालतमा मुद्दा दायर गरेका हुन्। यो मुद्दा इतिहासकै सबैभन्दा ठूलो आईपीओमध्ये एक बन्न सक्ने अपेक्षा गरिएको स्पेसएक्सको शेयर बजार प्रवेशको केही दिनअघि दायर गरिएको हो।

टेकक्रन्चका अनुसार एक्सएआईको एआई च्याटबोट ग्रोक मा काम गर्ने क्रममा किम एआई सुरक्षाका प्रमुख आवाजमध्ये एक बनेका थिए। उनले ग्रोक को विकासमा सुरक्षालाई प्राथमिकता नदिएको भन्दै एक्सएआईप्रति पटक–पटक गुनासो गरेका थिए।

पछिल्लो समय ग्रोक विभिन्न सुरक्षा तथा व्यवहारसम्बन्धी समस्याका कारण आलोचित बनेको छ। विशेषगरी, ग्रोक ले भेदभाव बढाउन सक्ने र व्यापक विनाशकारी हतियारसम्बन्धी जानकारी फैलाउन सहयोग गर्न सक्ने सम्भावनाबारे किम चिन्तित थिए।

“ग्रोकले अन्ततः श्री किमको चिन्ता सही सावित गर्‍यो। यसले अनलाइनमा घृणा र विषाक्त अभिव्यक्तिको प्रदर्शन गर्‍यो र आफूलाई हिटलरसँग तुलना गर्दै ‘मेकाहिटलर’ भनेको थियो,” मुद्दामा उल्लेख छ। “हिटलरसम्बन्धी विवादपछि श्री किमले ग्रोक को राजनीतिक पूर्वाग्रह र भेदभावपूर्ण प्रवृत्तिको पुनर्मूल्यांकन गर्न काम गरेका थिए।”

किमले एक्सएआईछोडेको केही महिनापछि ग्रोक फेरि चर्चामा आएको थियो, जब उक्त च्याटबोट प्रयोग गरेर मस्कको सामाजिक सञ्जाल X मा अनुमति नलिइएका यौनजन्य तस्बिरहरू व्यापक रूपमा फैलाइएको थियो।

मुद्दामा किमलाई सूचनादाता (व्हिशलब्लोअर) का रूपमा प्रस्तुत गरिएको छ। उनले इन्टरनेट नियमन, उपभोक्ता संरक्षण, अनुचित व्यापार अभ्यास तथा हतियार र विस्फोटकसम्बन्धी नियमहरूजस्ता क्षेत्रमा एक्सएआईले एआई सुरक्षालाई बेवास्ता गरेको र त्यो गैरकानुनी हुन सक्ने चिन्ता व्यक्त गरेका थिए।

एक्सएआईर स्पेसएक्सले यस विषयमा टिप्पणी मागिएको अनुरोधको तत्काल जवाफ दिएका छैनन्।

किमको एआई सुरक्षाप्रतिको चासो एक्सएआईमा काम गर्नुअघि नै सुरु भएको थियो। स्केल एआईमा रहँदा उनले हानिकारक सामग्री पहिचान गर्न र प्रशासनिक नीतिहरू पालना गर्न एआई प्रणालीलाई तालिम दिन प्रयोग हुने डाटा तयार गर्ने प्रारम्भिक सुरक्षा परियोजनाहरूको नेतृत्व गरेका थिए। गत साता एआई जोखिममा केन्द्रित गैरनाफामूलक संस्था सेन्टर फर एआई सेफ्टीले किमलाई आफ्नो अध्यक्ष नियुक्त गरेको थियो।

रोचक कुरा के छ भने, मुद्दामा सुरक्षाको कमीका लागि इलन मस्कलाई प्रत्यक्ष रूपमा दोषी ठहर गरिएको छैन। किमका वकिलहरूका अनुसार मस्कले एक्सएआईलाई कानुन पालना गर्न र उचित सुरक्षा तथा परीक्षण प्रक्रिया लागू गर्न निर्देशन दिएका थिए।

बरु मुद्दाले एक्सएआईका सहसंस्थापक जिम्मी बा लाई निशाना बनाएको छ। यस वर्षको सुरुआतमै कम्पनी छोडेका उनले मस्कका निर्देशन बेवास्ता गरेको र एआई सुरक्षा उपायको पक्षमा बोल्दै आएका किमलाई प्रतिशोधस्वरूप कारबाही गरेको आरोप लगाइएको छ।

मुद्दाअनुसार बा एआई सुरक्षासम्बन्धी उपायहरूको कडा विरोधी थिए। उनले एकपटक किमलाई “जसरी पनि एआईले अन्ततः हामी सबैलाई मार्नेछ” भनेको आरोप लगाइएको छ। साथै, उनी एक्सएआईलाई सबैभन्दा पहिले सुपरइन्टेलिजेन्स हासिल गराउने लक्ष्यबाट प्रेरित रहेको दाबी गरिएको छ।

प्रकाशित: २९ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार