एउटा युगको अन्त्यः एप्पलका सीईओको रूपमा आफ्नो अन्तिम भाषण दिँदै टिम कूकले कम्पनीबाट लिए बिदा

  • Technology Khabar | २९ जेष्ठ २०८३, शुक्रबार
एउटा युगको अन्त्यः एप्पलका सीईओको रूपमा आफ्नो अन्तिम भाषण दिँदै टिम कूकले कम्पनीबाट लिए बिदा
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

वार्षिक विकासकर्ता सम्मेलन ‘वर्ल्ड वाईड डेभलपर्स कन्फरेन्स – डब्ल्यूडब्ल्यूडीसी २०२६’ ले एप्पलको आर्टिफिसियल इन्टेलिजेन्समा नयाँ आविष्कारहरूको परिचय मात्र नदिएर कम्पनीको लागि एक युगको अन्त्यको संकेत पनि गरेको छ।

कम्पनीको नेतृत्वमा १५ वर्ष बिताएपछि एप्पलको सीईओको रूपमा यो कन्फरेन्स टिम कुकको अन्तिम उपस्थिति भएको टेलिग्राफले रिपोर्ट गरेको छ।

एप्पलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स–आधारित एसिस्टेन्ट सिरीको नयाँ संस्करण अनावरण गरेको छ। सिरीको नयाँ संस्करणले कम्पनीको इकोसिस्टममा अझ बढी एकीकृत हुने, सन्दर्भलाई राम्रोसँग बुझ्ने, तस्बिरहरूको विश्लेषण गर्ने र प्रयोगकर्ताहरूको अघिल्लो अन्तरक्रियाहरू प्रयोग गरेर थप प्राकृतिक प्रतिक्रियाहरू प्रदान गर्नेछ। साथै कम्पनीले गोपनीयता प्रणालीको एक प्रमुख स्तम्भ रहेको उल्लेख गरेको छ।

सम्मेलनको क्रममा सफ्टवेयर इन्जिनियरिङका प्रमुख क्रेग फेडेरिघीले आर्टिफिसियल इन्टेलिजेन्सले मानिसहरूको सेवा गर्नुपर्छ र केवल प्रविधिको खातिर मात्र अवस्थित हुन नहुने बताए।

कार्यक्रमको सबैभन्दा भावनात्मक भाग कुकको बिदाइ थियो। दर्शकहरूले उभिएर ताली बजाएर कुकको स्वागत गरेको र आफ्नो अन्तिम भाषणमा एप्पलको नेतृत्व गर्नु “मेरो जीवनको सम्मान” भएको भन्दै कुकले बताए।

रिपोर्टका अनुसार कुकको स्थानमा आगामी शरद ऋतुमा अहिलेसम्म कम्पनीमा वरिष्ठ व्यवस्थापन पदहरू सम्हालेका जोन टर्नस आउनेछन्।

उनको आगमन एप्पलको लागि नयाँ चरणको सुरूआत हुन सक्ने र आर्टिफिसियल इन्टेलिजेन्समा बढी ध्यान केन्द्रित गरिनुका साथै सफ्टवेयरसँग हार्डवेयरको गहिरो एकीकरण हुने विश्लेषकहरूको अनुमान रहेको छ।

रिपोर्ट अनुसार यदि एप्पलले डब्ल्यूडब्ल्यूडीसी २०२६ मा गरिएका वाचाहरू पूरा गर्न सफल भयो भएमा सिरी एआई आईफोन इकोसिस्टमको विकासको सबैभन्दा महत्त्वपूर्ण क्षणहरू मध्ये एक बन्न सक्छ र कम्पनीको लागि नयाँ अध्याय खोल्न सक्छ।

प्रकाशित: २९ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार