एन्थ्रोपिकको फेबल ५ एआईमार्फत् नियमित ग्राहकले रिलिज हुन बाँकी माइथोज ५ को सुविधा लिन पाउने

  • Technology Khabar | २८ जेष्ठ २०८३, बिहीबार
एन्थ्रोपिकको फेबल ५ एआईमार्फत् नियमित ग्राहकले रिलिज हुन बाँकी माइथोज ५ को सुविधा लिन पाउने

काठमाडौं ।

एन्थ्रोपिकले सार्वजनिक रूपमा उपलब्ध गराएको आफ्ना मोडेलहरूमध्ये सबैभन्दा सक्षम भनिएको नयाँ एआई प्रणाली ‘फेबल’ सार्वजनिक गरेको छ। नयाँ मोडेलले कम्पनीको अहिलेसम्म सार्वजनिक नगरिएको ‘मfइथोज’ मोडेलका धेरै क्षमता सर्वसाधारण प्रयोगकर्तासम्म ल्याएको एन्थ्रोपिकले जनाएको छ।

एन्थ्रोपिकले अप्रिलको सुरुआतमा ‘प्रोजेक्ट ग्लासविङ’ मार्फत मfइथोज मोडेल प्रस्तुत गरेको थियो। उक्त परियोजनाअन्तर्गत कम्पनीले एप्पल र एनभिडिया लगायतका साझेदारलाई एआई साइबर आक्रमणविरुद्ध आफ्ना सफ्टवेयरलाई सुरक्षित बनाउन सहयोग गर्ने उद्देश्यले मोडेलको पहुँच दिएको थियो।

कम्पनीका अनुसार फेबलको पहिलो संस्करण ‘फेबल ५’ नामबाट सार्वजनिक गरिएको छ, जसले एन्थ्रोपिकका अघिल्ला सार्वजनिक मोडेलहरूभन्दा उच्च क्षमता प्रदान गर्छ।

एन्थ्रोपिकले जति जटिल र लामो कार्य हुन्छ, फेबल ५ को प्रदर्शन त्यति नै राम्रो हुने दाबी गरेको छ। कम्पनीको आन्तरिक परीक्षणमा फेबलले आफ्नो अघिल्लो प्रमुख मोडेल ‘ओपस ४.८’ मात्र नभई ओपनएआईको जीपीटी-५.५ र गुगलको जेमिनी ३.१ प्रो लाई समेत उछिनेको बताइएको छ।

कम्पनीका अनुसार फेबल विशेषगरी सफ्टवेयर इन्जिनियरिङ र कागजात विश्लेषणमा सक्षम छ। साथै, विगतमा एन्थ्रोपिकका मोडेलहरू कमजोर मानिने दृश्य सम्बन्धी कार्यमा पनि यसले उल्लेखनीय सुधार गरेको छ।

इन्ग्याजेटका अनुसार एन्थ्रोपिकले गत वर्ष क्लोडले पोकेमोन रेड खेल्ने प्रयास गरेको प्रत्यक्ष प्रसारण गरेको थियो। त्यसबेला प्रयोग गरिएको क्लोड ३.७ सनेटले खेलको दृश्य बुझ्न अतिरिक्त प्रणालीको आवश्यकता पर्थ्यो। तर कम्पनीका अनुसार फेबलले सन् २००४ को गेम ब्वाय एड्भान्स खेल पोकेमन फायररेडलाई न्यूनतम दृश्य-आधारित प्रणालीकै सहायताले पूरा गर्न सक्छ।

यसका नयाँ क्षमताले वैज्ञानिक चित्रहरूबाट सटीक संख्यात्मक जानकारी निकाल्न तथा केवल स्क्रिनसटको आधारमा वेब एपको स्रोत कोड पुनर्निर्माण गर्न सक्ने कम्पनीको दावी छ।

सुरक्षा व्यवस्थाअन्तर्गत क्लाउडले केही संवेदनशील विषयका अनुरोधहरूलाई स्वतः कम क्षमतायुक्त ओपस ४.८ मोडेलतर्फ पठाउनेछ। एन्थ्रोपिकका अनुसार यी सुरक्षा उपायहरू सावधानीपूर्वक लागू गरिएकाले कहिलेकाहीँ हानिरहित अनुरोधहरू पनि अवरुद्ध हुन सक्छन्, तर औसतमा पाँच प्रतिशतभन्दा कम सत्रमा मात्र यस्तो हुने कम्पनीले जनाएको छ।

एन्थ्रोपिकले मंगलबार मfइथोज ५पनि सार्वजनिक गरेको छ। यो फेबल ५ कै आधारभूत मोडेलमा आधारित भए पनि यसमा कम सुरक्षा प्रतिबन्धहरू रहेका छन्। कम्पनीले सुरुआतमा यसलाई प्रोजेक्ट ग्लासविङमार्फत उपलब्ध गराउने र पछि विश्वसनीय पहुँच कार्यक्रममार्फत थप प्रयोगकर्तालाई उपलब्ध गराउने योजना बनाएको छ।

क्लाउड सदस्यहरूले जुन २२ सम्म फेबल ५ निःशुल्क प्रयोग गर्न सक्नेछन्। त्यसपछि यसको प्रयोगका लागि शुल्क लाग्नेछ। एन्थ्रोपिकले इनपुटका लागि प्रति १० लाख टोकन १० डलर र आउटपुटका लागि प्रति १० लाख टोकन ५० डलर शुल्क निर्धारण गरेको छ। कम्पनीले पर्याप्त कम्प्युटिङ क्षमता उपलब्ध भएपछि फेबल ५ लाई पुनः नियमित सदस्यता योजनाको हिस्सा बनाउने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित: २८ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार