
काठमाडौं ।
२०२६ को पहिलो तीन महिनामा विश्वव्यापी रूपमा २८ करोड ४० लाख स्मार्टफोन उत्पादन गरिएको र यो गत वर्षको सोही अवधिको तुलनामा १.७ प्रतिशतले गिरावट भएको ट्रेन्डफोर्सले रिपोर्ट गरेको छ।
निर्माताहरूसँग सस्तो मेमोरीको भण्डार उपलब्ध भएको कारणले मात्र मेमोरीको मूल्यमा भएको वृद्धिको प्रभाव न्यून भएको तर अब ती बिस्तारै समाप्त हुँदै गइरहेको देखिएको छ।
विश्लेषकहरूले २०२६ भरि १.०५१ अर्ब युनिट उत्पादन हुने र यो गत वर्षको तुलनामा १६.२ प्रतिशत कम भएको नराम्रो अवस्थाको भविष्यवाणी गरेका छन्। “यदि मेमोरी मूल्य वृद्धि उच्च रह्यो र ब्रान्डहरू बारम्बार खुद्रा मूल्यहरू बढाउन बाध्य भए भने वार्षिक गिरावट अझ स्पष्ट हुन सक्छ” ट्रेन्डफोर्सले टिप्पणी गरेको छ।
त्यसैगरी विभिन्न निर्माताहरू फरक तरिकाले प्रभावित हुने बताइएको छ र फराकिलो मार्जिनहरुका साथ प्रिमियम डिभाइसहरूमा ध्यान केन्द्रित गर्नेहरू प्रभावलाई अवशोषित गर्न राम्रो स्थितिमा हुने उल्लेख गरिएको छ। यसैबीच, इन्ट्रि–लेभल र मिड–रेञ्ज डिभाइसहरूलाई प्राथमिकता दिएका चिनियाँ ब्रान्डहरूले प्रभावित हुने बताइएको छ।
यो वर्षको पहिलो त्रैमासिकमा सामसङ सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बनेको छ। कम्पनीले ६२.६ मिलियन युनिट उत्पादन गरेको र यो २०२५ को पहिलो त्रैमासिकभन्दा २.३ प्रतिशत बढी भएको उल्लेख गरिएको छ।
यो ग्यालेक्सी एस२६ सिरिजको लन्चको लागि उत्पादन बढाएको कारणले भएको थप उल्लेख गरिएको छ। सामसङसँग लो–इन्डका मोडेलहरू भएको हुनाले यो चिन्ताको विषय भएको (पातलो मार्जिनका कारण) तर त्यसलाई व्यापक सामसङ सञ्चालनको आर्थिक सहयोग रहेको ट्रेन्डफोर्सले बताएको छ।
एप्पल ६०.२ मिलियन फोन उत्पादनको साथ दोस्रो स्थानमा रहेको छ। साथै कम्पनीले २०२५ को पहिलो त्रैमासिकबाट प्रभावशाली १९.७ प्रतिशत वृद्धि गरेको र आईफोन १७ईको बलियो मागले त्यस लाई सहयोग पुर्याएको छ।
एप्पलको मार्जिन ठूलो रहेको हुनाले कम्पनीले समग्र स्मार्टफोन बजारको लागि यो कठिन समयमा आफ्नो बजार हिस्सा विस्तार गर्नमा ध्यान केन्द्रित गर्ने विश्लेषकहरूले विश्वास व्यक्त गरेका छन्।
शीर्ष ५ मा २९.५ मिलियन युनिटसहित ओप्पो, २६.० मिलियन युनिटसहित शाओमी र २२.० मिलियन युनिटसहित भिभो छन्। पहिलो त्रैमासिकमा १९.८ मिलियन फोन उत्पादन गरेर ट्रान्ससन शीर्ष ५ भन्दा बाहिर रहेको छ। यी कम्पनीहरू पछिल्ला केही वर्षहरूमा बढिरहेका थिए, तर नयाँ कम्पोनेन्ट अभावले उनीहरूको नाफामा कटौती गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २८ जेष्ठ २०८३, बिहीबार