
काठमाडौं ।
नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले आज सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। सो अवसरमा मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई द्रूत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “विज्ञान प्रविधिको काम सुस्त गतिमा हुँदैन, रातदिन काम गरेर अगाडि बढ्ने हो।”
मन्त्री पुनले आफू मन्त्री पदमा लामो समय नबस्ने उल्लेख गरे। उनले भने, “म यो मन्त्रीको पदमा धेरै बस्दिन, सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष मात्रै बस्ने हो।”
आफ्नो कार्यकालमा विज्ञान प्रविधिसम्बन्धी जग बसालेर नयाँ पुस्तालाई जिम्मेवारी दिने उनको भनाइ छ। मन्त्री पुन भने, “अरु मन्त्रालयको आआफ्नो नियम छ, मन्त्रालय र मन्त्री नयाँ भएको हुनाले शून्यबाट सुरु गर्नुपर्ने छ, नयाँ नियम बनाउनुपर्नेछ।” रासस
प्रकाशित: २६ जेष्ठ २०८३, मंगलवार