एप्पल फोटोजले प्रयोगकर्तालाई स्लाइड शोको रूपमा फोटो र भिडियोहरू प्ले गर्न दिने

  • Technology Khabar | २६ जेष्ठ २०८३, मंगलवार
एप्पल फोटोजले प्रयोगकर्तालाई स्लाइड शोको रूपमा फोटो र भिडियोहरू प्ले गर्न दिने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पल फोटोज एपमा नयाँ स्लाइड शो सुविधाहरू आउने एप्पलले घोषणा गरेको छ। त्यसैले एप्पल फोटोजका प्रयोगकर्ताहरूले अब स्लाइड शोको रूपमा फोटो र भिडियोहरू प्ले गर्न सक्षम हुने भएका छन्।

फोटोज प्रयोगकर्ताहरूले स्लाइड शोको लागि ट्रानजिसन शैली, स्लाइड अवधि, र संगीत सेट गर्ने विकल्पहरू पाउनेछन्। र आईओएस २७ को साथ, प्रयोगकर्ताहरूले स्लाइड शोलाई सिधै भिडियोको रूपमा आफ्नो फोटोज लाइब्रेरीमा सेभ गर्न पनि सक्षम हुनेछन्।

एप्पलले घोषणा गरेका अन्य नयाँ सुविधाहरूमा सेयर्ड एल्बम्समा इमोजी रियाक्सन, हालैको साझा सेयर्ड एल्बम गतिविधिको भ्यू, सेयर्ड एल्बममा पूर्ण–रिजोल्युसनको फोटो र भिडियोहरूमा पहुँच, थप लचिलो एल्बम अर्गनाइजेसन टुल्स र व्यक्तिगत भिडियो फ्रेमहरूलाई फोटोको रूपमा सेभ गर्ने क्षमता समावेश छन्।

फोटोज एपले क्याप्चर्ड बाइ मी र आईडेनटिटी डकुमेन्टसहितको नयाँ कलेक्सनको साथमा मानिसहरू र घरपालुवा जनावरहरूको लागि सुधारिएको सर्च (खोज) परिणामहरू पनि प्रदान गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २६ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Innovation Campus graduates coding students, launches AI programme in Nepal

  • Technology Khabar
  • २६ जेष्ठ २०८३, मंगलवार

DipArtha hosts interaction program

  • २६ जेष्ठ २०८३, मंगलवार

India’s electric scooter brand Ampere officially launches in Malangwa

  • २६ जेष्ठ २०८३, मंगलवार

Technical problems on new passport system will be solved gradually: Foreign Ministry

  • २६ जेष्ठ २०८३, मंगलवार

Two hundred thousand online betting apps closed

  • २६ जेष्ठ २०८३, मंगलवार