
काठमाडौं ।
गुगलले जेमिनीलाई एन्ड्रोइड (गो एडिसन) फोनहरूमा प्रस्तुत गर्न गइरहेको घोषणा गरेको छ। साथै जेमिनी गोमा कम्तिमा २ जीबी र्याम रहेको बताइएको छ। एन्ड्रोइड (गो एडिसन) विशेष गरी लो–इन्ड डिभाइसहरूको लागि बनाइएको र यो कम स्टोरेज, कम र्यामका साथै कम प्रोशेसिङ पावरको लागि अनुकूलित गरिएको थप उल्लेख गरिएको छ।
एन्ड्रोइड १३ (गो एडिसन) देखि नै (गो एडिसन) डिभाइसहरूको लागि २ जीबी र्याम अनिवार्य रुपमा न्यूनतम आवश्यकताको रुपमा कायम गरिएको छ। जेमिनी गोलाई गुगलले “कम स्टोरेज भएका डिभाइसहरूमा पनि प्रयोगकर्तालाई सम्पर्कमा रहन र कामहरू गर्न मद्दत गर्न डिजाइन गरिएको जेमिनीको सुव्यवस्थित संस्करण” को रूपमा वर्णन गरेको छ।
गुगल एसिस्टेन्ट गोलाई प्रतिस्थापन गरेको यो जेमिनी गो गुगल सर्च एप मार्फत उपलब्ध हुनेछ। होम प्रयोगकर्ताले होम बटन थिचेर वा समर्थित डिभाइसहरूमा पावर बटन थिचेर जेमिनी गोसँग कुराकानी सुरु गर्न सक्नेछन्।
जेमिनी गोले प्रयोगर्ताको लागि कल गर्न वा टेक्स्ट पठाउन सक्ने बताइएको छ। त्यसैगरी जेमिनी गोले कुनै पनि ठाउँमा प्रयोगकर्ताको ड्राइभ समय जाँच गर्न सक्नुका साथै रेस्टुरेन्ट र ईभी चार्जरहरू फेला पार्न, अलार्म सेट गर्न, क्यालेन्डर कार्यक्रमहरू सिर्जना गर्न, मिडिया प्ले गर्ने जस्ता अन्य धेरै भन्दा धेरै कार्यहरु गर्न सक्ने बताइएको छ। प्रयोगकर्ता आफ्नो च्याटको लागि थप सन्दर्भ प्रदान गर्नका लागि कागजातहरू, फोटोहरू र अन्य फाइलहरू पनि अपलोड गर्न सक्नेछन्।
जेमिनी गो बिस्तारै रोल आउट हुने बताइएको छ र गुगलको क्रमिक रोलआउटमा धेरै समय लाग्ने गरेको उल्लेख गरिएको छ। त्यसैले योग्य डिभाइसहरुमा जेमिनी गो केही हप्तामा मात्र उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २५ जेष्ठ २०८३, सोमबार