भिभो भी७० लाइट अब डाइमेन्सिटी ७४०० टर्बो चिप र ९०वाट चार्जिङको साथ आधिकारिक रुपमा उपलब्ध

  • Technology Khabar | २५ जेष्ठ २०८३, सोमबार
भिभो भी७० लाइट अब डाइमेन्सिटी ७४०० टर्बो चिप र ९०वाट चार्जिङको साथ आधिकारिक रुपमा उपलब्ध
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

भिभोले चुपचाप संयुक्त अरब इमिरेट्स (यूएई) मा आफ्नो भी७० लाइट मिडरेन्जर प्रस्तुत गरेको छ। यो डिभाइसले आफ्नो पूर्ववर्तीको परिचित स्पेसिफिकेसन सिट र डिजाइन समावेश गरेको छ। साथै डिभाइसमा एक मात्र परिवर्तन भनेको हाईयर–क्ल्क्ड चिपसेट रहेको छ।

भी७० लाइटमा मिडियाटेकको डाइमेन्सिटी ७४०० टर्बो चिप समावेश गरिएको छ भने भी६० लाइट मा डाइमेन्सिटी ७३६० एसओसी रहेको छ। यी चिपहरू धेरै समान भएको र एक मात्र भिन्नता भनेको ७४०० चिपको एआरएम कोर्टेक्स–ए७८ पर्फर्मेन्स कोरहरू २.६ गिगाहर्जमा क्लक गरिएको छ भने ७३६० चिपमा २.५ गिगाहर्जमा क्लक गरिएको छ। साथै नयाँ फोनमा ८जीबी एलपीडीडीआर४एक्स र्याम र १२८/२५६जीबी यूएफएस ३.१ स्टोरेज समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

डिभाइसको अन्य कोर स्पेसिफिकेसनहरू भने उही रहेको बताइएको छ। नयाँ फोनमा एफएचडी प्लस रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट भएको ६.७७ इन्चको एएमओएलईडी डिस्प्ले समावेश गरिएको छ। प्यानललाई ३,००० निट्सको पीक ब्राइटनेसको साथ मूल्याङ्कन गरिएको छ भने डिस्प्लमा पञ्च–होल कटआउट भित्र ३२ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा र अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानर पनि रहेको छ।

भी७० लाइटको पछाडि ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्सको साथ एफ/१.८ एपर्चर भएको ५० मेगापिक्सेल मुख्य क्यामरा (आईएमएक्स८८२) रहेको छ। डिभाइसमा ९०वाट वायर्ड चार्जिङको साथ ६,५००एमएएच ब्याट्री रहेको छ भने सफ्टवेयरतर्फ एन्ड्रोइड १६ मा आधारित ओरिजिनओएस ६ समावेश गरिएको छ।

भिभो भी७० लाइट कालो र सुनौलो रङ्गहरूमा उपलब्ध हुनेछ। डिभाइसको ८/१२८जीबी ट्रिमको मूल्य १,०९९ यूएई दिर्हाम (२९९ अमेरिकी डलर/२५७ यूरो) रहेको छ भने ८/२५६जीबीको मूल्य १,२९९ यूएई दिर्हाम (३५४ अमेरिकी डलर/३०४ यूरो) कायम गरिएको छ।

प्रकाशित: २५ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...