नाडा ‘ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

  • Technology Khabar | २२ जेष्ठ २०८३, शुक्रबार
नाडा ‘ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

काठमाडौं ।

विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले शुक्रबार “नाडा ग्रीन ड्राइभ २०२६” र्याली कार्यक्रम सम्पन्न गरेको छ।

नाडाको सचिवालय टेकुदेखि त्रिपुरेश्वर, दरबारमार्ग, नक्साल, गौशाला, तीनकुने, नयाँ बानेश्वर, माइतीघर मण्डला, थापाथली, कुपण्डोल हुँदै पुल्चोकस्थित द प्लाजामा सो र्यालिको समापन गरिएको थियो।

र्यालीमा कुल ९२ सहभागीहरुलाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, नाडाका पूर्वअध्यक्षद्धय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्र वितरण गरेका थिए।

उक्त प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लले गरेका थिए भने र्यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्य समितिका सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गरेका थिए।

एयूसीडब्ल्यूईएलएल, डीपल, भीओएलटीएस (भोल्ट्स), केएएमए, एएमपीईआरई, स्काईवर्थ, फ्युचर मोटर्स, एनएएमएमआई, टियागो डट ईभी, सुजुकी, टाइम्स बिजनेस–स्काईवर्थ र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको समर्थनमा विभिन्न ब्राण्डहरुका विद्युतिय सवारी साधनहरुको सहभागितामा र्याली सम्पन्न भएको संस्थाले जनाएको छ।

प्रकाशित: २२ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...