उच्च शैक्षिक संस्थामा अनुसन्धान र नवप्रर्वतनबारे राष्ट्रिय गोष्ठी आयोजना

  • Technology Khabar | २२ जेष्ठ २०८३, शुक्रबार
उच्च शैक्षिक संस्थामा अनुसन्धान र नवप्रर्वतनबारे राष्ट्रिय गोष्ठी आयोजना

काठमाडौं ।

धवलागिरि बहुमुखी क्याम्पस–अनुसन्धान व्यवस्थापन समिति, बागलुङको आयोजनामा ‘उच्च शैक्षिक संस्थाहरूमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय गोष्ठी हुने भएको छ।

विश्वविद्यालय अनुदान आयोगको अनुदान सहयोगमा शुक्रबारदेखि सुरु हुने उक्त गोष्ठी दुई दिनसम्म सञ्चालन हुने सहायक क्याम्पस प्रमुख डा डिल्लीराज गौतमले जानकारी दिए। गोष्ठीमा शिक्षा र शासन, मानवशास्त्र र संस्कृति, वातावरण र जलवायु, साहित्य तथा मानविकी, विज्ञान, कृषि र आदिवासी अध्ययनलगायतका विषयमा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूबाट ४० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने उनले बताए।

गोष्ठीका प्रमुख वक्ताका रूपमा विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्रा डा भीमप्रसाद सुवेदी, त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा डा खड्क केसी र गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा इन्द्रप्रसाद तिवारीले ‘कि नोट स्पिच’ दिनेछन्।

गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालयमातहतका प्राध्यापक, कर्मचारी, शिक्षक, शोधार्थीलगायतको सहभागिता रहने सहायक क्याम्पस प्रमुख गौतमले बताए।

तीन विश्वविद्यालय र मातहतका क्याम्पसबाट कार्यपत्र प्रस्तुतिका लागि ३० प्राध्यापक गोष्ठीमा भाग लिँदैछन्। रासस

प्रकाशित: २२ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २२ जेष्ठ २०८३, शुक्रबार