वैशाख मसान्तसम्म ६ करोड माथिको साढे २२ हजार थान सीसीटीभी क्यामरा आयात: सबैभन्दा धेरै चीनबाट

  • Technology Khabar | २२ जेष्ठ २०८३, शुक्रबार
वैशाख मसान्तसम्म ६ करोड माथिको साढे २२ हजार थान सीसीटीभी क्यामरा आयात: सबैभन्दा धेरै चीनबाट
एआईमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को दशौं महिना २०८३ वैशाख मसान्तसम्म साढे ६ करोडमाथिको सीसीटीभी क्यामरा आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा ६ करोड २४ लाख ४४ हजार बराबरको २२ हजार ५५० थान सीसीटीभी क्यामरा आयात भएको छ। २०८३ वैशाख मसान्तसम्म सीसीटीभी क्यामराका लागि यो रकम देशबाहिर जाँदा सरकारले ५८ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा नेपालमा विश्वका ६ मुलुकबाट उक्त परिमाणको  सीसीटीभी क्यामरा आयात भएको देखिन्छ।

२०८३ वैशाख मसान्तसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै २१ हजार ८५ थान सीसीटीभी क्यामरा चीनबाट आयात भएको छ जसको समग्र मूल्य ५ करोड ९७ लाख ५हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट २५ लाख ५७ हजार बराबरको १ हजार ४५५ थान,जर्मनीबाट १ लाख ७३ हजार बराबरको ३ थान, कतारबाट ३ हजार बराबरको २ थान, यूएईबाट १ हजार बराबरको १ थान तथा बेलायतबाट ३ हजार बराबरको १ थान सीसीटीभी क्यामरा भित्रिएको प्रतिवेदनले देखाएको छ।

क्रसंदेशविवरणरकम (हजारमा)
चीन२१०८५५९७०५
जर्मनी१७३
भारत१४५५२५५७
कतार
यूएई
बेलायत

 

प्रकाशित: २२ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार