
काठमाडौं ।
एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन यो शरद ऋतुमा आईफोन अल्ट्राको नामको साथ आउँदैछ भन्ने व्यापक चर्चा चलेको छ। चिनियाँ सोशल मिडिया साइट वेईबोमा एक लीकरमार्फत अब आईफोन अल्ट्रामा लिक्विड मेटल हिन्ज समावेश गरिने जानकारी बाहिर आएको छ।
उक्त स्रोतकाअनुसार आईफोन अल्ट्राको विकास द्रुत गतिमा अगाडि बढिरहेको र प्रोटोटाइपहरू पहिले नै लन्च अघि परीक्षणको लागि विश्वव्यापी वाहकहरूमा पठाइएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
“लिक्विड मेटल” वास्तवमा तरल नभइ एक एलोय (धातु) हो। कठोर, क्रिस्टलीन एटमिक स्ट्रकचर (परमाणु संरचना) हुने परम्परागत धातुहरूको विपरित अलोय भने ग्लास (सिसा)को जस्तै अव्यवस्थित, नन्–क्रिस्टलीन एटमिक स्ट्रकचर (परमाणु संरचना) हुन्छ।
त्यसैगरी यो धातु अत्यधिक रुपमा लचकदार हुनुका साथै ठूलो मात्रामा तनाव अवशोषित गर्न सक्ने र पूर्ण रूपमा आफ्नो वास्तविक मूल आकारमा फर्कन सक्छ। यो टाइटेनियम र स्टेनलेस स्टील भन्दा बलियो हुनुका साथै उल्लेखनीय रूपमा हल्का पनि हुन्छ। यो धातुको सूक्ष्म रूपमा चिल्लो सतह हुने भएकोले यो लाखौंको फोल्ड पछि पनि खुकुलो वा डगमगाउने बताइएको छ।
आगामी सेप्टेम्बरमा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै आईफोन अल्ट्रा पनि अनावरण गरिने अपेक्षा गरिएको छ।
प्रकाशित: २१ जेष्ठ २०८३, बिहीबार