विद्युतीय खरिद प्रणालीमा तीन दिनदेखि समस्या, दर्ता गर्ने म्याद थप गरी खुलाइयो बोलपत्र

  • Technology Khabar | २० जेष्ठ २०८३, बुधबार
विद्युतीय खरिद प्रणालीमा तीन दिनदेखि समस्या, दर्ता गर्ने म्याद थप गरी खुलाइयो बोलपत्र

काठमाडौं ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (e-GP System) मा आएको प्राविधिक समस्याका कारण बोलपत्र तथा अन्य कागजात अनलाइन दर्ता गर्ने म्याद थप गरेर बोलपत्र खुलाएको छ।

कार्यालयले सूचना जारी गर्दै २०८३ जेठ १८ गते बिहान साढे ९ बजेदेखि प्रणालीमा अत्यधिक चाप बढ्दा प्रयोगकर्ताले पहुँच प्राप्त गर्न नसकेको जानकारी दिएको थियो।

विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०८० अनुसार प्रणाली व्यवस्थापकमार्फत जेठ १८ र १९ गते अनलाइन दर्ताको अन्तिम म्याद रहेका सम्पूर्ण बोलपत्र, आशयपत्र र शिलबन्दी दरभाउपत्रको अनलाइन म्याद थप गरिएको थियो।

सूचनाअनुसार जेठ १८ गते अन्तिम म्याद रहेका ठेक्काहरूको म्याद जेठ १९ गते मंगलबार दिउँसो १२ बजेसम्म कायम गरी जेठ १९ गते बिहान १ बजे खोलिएका थिए। त्यस्तै जेठ १९ गते अन्तिम म्याद रहेका ठेक्काहरूको म्याद जेठ २० गते बुधबार अर्थात् आज मध्याह्न १२ बजेसम्म थप गरिएकोमा ती ठेक्काहरू जेठ आजै १ बजे खोलिएका सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

प्रकाशित: २० जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार