
काठमाडौं ।
काउन्टरपोइन्ट रिसर्चले सोमबार मेमोरी चिपको बढ्दो अभावलाई उद्धृत गर्दै विश्वव्यापी स्मार्टफोन बजार रेकर्डमा सबैभन्दा तीव्र वार्षिक संकुचनतर्फ अघि बढिरहेको र यो वर्ष ढुवानी १३.९ प्रतिशतले घटेर १.०८ अर्ब युनिट हुने अनुमान गरिएको बताएको छ।
नयाँ पूर्वानुमान अब गत फेब्रुअरीमा अपेक्षित १२.४ प्रतिशत गिरावट भन्दा खराब हुने बताइएको छ। इरानको युद्धले विश्वव्यापी रूपमा चिप्सको अभाव झनै खराब बनाएको उल्लेख गरिएको छ।
सस्तो स्मार्टफोन बजारमा सबैभन्दा तीव्र रुपमा प्रभावित
चिप निर्माताहरू उत्पादन क्षमतालाई एआई–सम्बन्धित चिपहरूमा सार्ने कार्यमा केन्द्रित भएको हुनाले यसको प्रभाव लोअर–इण्ड (सस्तो) स्मार्टफोनहरूमा सबैभन्दा तीव्र रूपमा महसुस भइरहेको र त्यसले इन्ट्रि–लेभलका डिभाइसहरू उत्पादन गर्ने कार्य कम किफायती वा महँगो बनाउने उल्लेख गरिएको छ।
पहिलो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोनको थोक मूल्य १४ प्रतिशतले वृद्धि भएको र ढुवानी वर्षिक रुपमा ३.१ प्रतिशतले घटेको थियो। यो प्रवृत्ति जारी रहने अपेक्षा गरिएको छ १५० अमेरिकी डलर भन्दा कम मूल्यका केही मोडेलहरू बजारबाट गायब हुने सम्भावना पनि रहेको बताइएको छ।
“लो र मिड–टियर स्मार्टफोनका निर्माताहरू उनीहरूले अवशोषित गर्न नसक्ने लागत वृद्धि र सीमित खर्च शक्ति भएका उपभोक्ताहरूको बीचमा फसेका छन्” त्रैमासिक स्मार्टफोन ढुवानी डाटा प्रकाशित गर्ने स्वतन्त्र अनुसन्धान कम्पनी काउन्टरपोइन्टका प्रमुख विश्लेषक वाङ याङले भने।
“प्रश्न अब ढुवानी वा बजार हिस्सा कसरी बढाउने भन्ने नभएर बजारमा नै रहने कि नरहने भन्ने हो” वाङले भने।
मेमोरी चिपको अभाव स्मार्टफोन उद्योगले सामना गरेको सबैभन्दा गम्भीर आपूर्ति–पक्ष अवरोध हो भन्दै वाङले निर्माताहरूले मूल्य निर्धारण वा उत्पादन परिवर्तनहरू मार्फत प्रभावलाई अफसेट गर्न असमर्थ रहेको पनि बताए।
बजारको प्रिमियम खण्ड थप बलियो
प्रिमियम खण्ड भने अझ बलियो साबित भएको छ। ग्राहकहरूले कम्पनीको आईफोन १७ सिरिजमा स्तरोन्नति गर्दा एप्पलले वर्षको पहिलो तीन महिनाको लागि रेकर्ड आम्दानी पोस्ट गरेको छ। एप्पलको २०२६ को ढुवानी अर्को वर्ष ५ प्रतिशतले बढ्नु अघि स्थिर रहने अपेक्षा गरिएको काउन्टरपोइन्टको अनुमानहरूले देखाएको छ।
धेरै प्रतिद्वन्द्वीहरू भन्दा बढी स्थिर चिप आपूर्ति र बलियो मार्जिनको साथ एप्पल बजार हिस्सा प्राप्त गर्न राम्रो स्थानमा रहेको बताइएको छ भने मूल्य वृद्धिबाट कम दबाबको सामना गर्न सक्ने उल्लेख गरिएको छ।
सामसङ इलेक्ट्रोनिक्सले पहिलो त्रैमासिकमा भोल्युम स्थिर राखेको छ र पूर्ण वर्षमा ढुवानीमा केवल ४ प्रतिशत गिरावट दर्ता गर्ने काउन्टरपोइन्टले अपेक्षा गरेको छ। साथै कम्पनीले स्थिर आपूर्ति र एकरूप उत्पादन लाइन–अपको कारण फराकिलो बजारलाई उछिनेको उल्लेख गरिएको छ।
१५० अमेरिकी डलर भन्दा कम मूल्यका स्मार्टफोनहरूको लागि बजारमा भारी रूपमा परिचित रहेको ट्रान्सियनको भने यो वर्ष ढुवानीमा ३२ प्रतिशत गिरावट आउने अनुमान गरिएको छ।
त्यसैगरी, प्रतिद्वन्द्वी शाओमीले २८ प्रतिशत र अनरले २० प्रतिशत को पूर्ण–वर्ष गिरावट पोस्ट गर्ने अनुमान गरिएको काउन्टरपोइन्टले बताएको रोयटर्सले रिपोर्ट गरेको छ।
प्रकाशित: २० जेष्ठ २०८३, बुधबार