बढ्दो इन्धन मूल्यका कारण विद्युतीय कारका चालक भन्दा कम्बस्टन इन्जिन सवारी चालक बढी प्रभावित

  • Technology Khabar | १९ जेष्ठ २०८३, मंगलवार
बढ्दो इन्धन मूल्यका कारण विद्युतीय कारका चालक भन्दा कम्बस्टन इन्जिन सवारी चालक बढी प्रभावित
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

इरानमा युद्ध सुरु भएदेखि विश्वभर इन्धनको मूल्यमा नयाँ वृद्धि देखिएको छ। तर यो अवस्थाले विद्युतीय कार चालकहरूको पक्षमा काम गरिरहेको छ।

अन्य आन्तरिक दहन सवारी साधनहरूको चालकहरूको तुलनामा विद्युतीय कार चालकहरूले वास्तवमा कति बचत गर्दछन् भन्ने बारेमा ट्रान्सपोर्ट एण्ड ईन्भायरमेन्ट (यातायात र वातावरण) संस्थाले विश्लेषण गरेको छ।

हालका महिनाहरूमा इन्धनको मूल्यमा भएको वृद्धिले पेट्रोल, डिजेल र विद्युतबाट चल्ने कारहरूको वास्तविक लागतको बारेमा बहसलाई फेरि चर्काएको टेलिग्राफले रिपोर्ट गरेको छ।

ट्रान्सपोर्ट एण्ड इनभायरमेन्ट संस्थाको नयाँ विश्लेषणले जर्मनीमा विद्युतीय कार चालकहरूले हाल आन्तरिक दहन इन्जिन भएका सवारी साधनका मालिकहरूको तुलनामा ऊर्जामा उल्लेखनीय रूपमा कम खर्च गर्ने गरेको र ऊर्जा संकटले यो खाडललाई अझ फराकिलो बनाउँदै गइरहेको उल्लेख गरेको छ।

टी एण्ड ईले जर्मनीमा पेट्रोल कार चालकहरू विद्युतीय कार मालिकहरूको तुलनामा बढ्दो ऊर्जा मूल्यबाट आठ गुणा बढी प्रभावित भएको औंल्याएको र डिजेल चालकहरू १२ गुणा बढी प्रभावित भएको छ।

अप्रिलको सुरुमा, यूरोपमा इन्धनको मूल्य उच्चतम स्तरमा पुगेको अवस्थामा जर्मनीमा पेट्रोल कार चलाउने औसत लागत प्रति १०० किलोमिटर १५.९० युरो रहेको र यो २०२५ मा १२.३० यूरो भएको उल्लेख गरिएको छ। त्यसैगरी डिजेल कारहरूको लागत प्रति १०० किलोमिटर ११.१० बाट बढेर १६.८० युरो पुगेको छ।

अर्कोतर्फ, घरमा विद्युतीय कार चार्ज गर्ने औसत लागत प्रति १०० किलोमिटर यात्रा गर्दा ७.८० बाट बढेर ८.२० यूरो पुगेको छ।

टी एण्ड ईको अनुमान अनुसार, विद्युतीय कार चालकहरूले हाल ब्याट्री चार्ज गर्न प्रति महिना औसतमा लगभग ८२ यूरो खर्च गर्दछन् भने पेट्रोल कार चालकहरूले इन्धनमा लगभग १५९ युरो खर्च गर्ने बताइएको छ। यसको अर्थ पेट्रोल चालकहरूको तुलनामा विद्युतीय कार मालिकहरूले प्रति महिना लगभग ७६ युरो बचत गर्ने गरेको बताइएको छ। साथै डिजेलको तुलनामा यो भिन्नता प्रति महिना लगभग ८६ यूरोमा बढ्ने थप उल्लेख गरिएको छ।

त्यसैगरी धेरै किलोमिटर कभर गर्ने आधिकारिक सवारी साधन र फ्लीटहरूको लागि अझ ठूलो भिन्नता रहेको तथ्य फेला परेको बताइएको छ। विश्लेषण अनुसार, विद्युतीय सेवा सवारी साधनहरूको मूल्य प्रति महिना औसतमा १९० युरो हुने गरेको बताइएको छ भने पेट्रोल सवारी साधनहरूको मूल्य प्रति महिना लगभग ३६५ यूरो पुग्ने उल्लेख गरिएको छ।

टी एण्ड ईको अनुमान अनुसार, जर्मनीमा ब्याट्रीबाट चल्ने सवारी साधनहरूले विगत १० वर्षमा लगभग ४ करोड ६० लाख ब्यारेल तेल बचत गरिसकेका छन् र यो लगभग ३.५ अर्ब यूरो बराबर भएको बताइएको छ।

प्रकाशित: १९ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार