
काठमाडौं ।
अनरले पहिले नै आफ्नो विन सिरिज अन्तर्गतका एक्टिभ कूलिङ फ्यानहरू र १०,००० एमएएच ब्याट्रीहरू सहितको नियमित विन र विन आरटी गरी पहिलो दुईओटा फोनहरू रिलिज गरिसकेको छ। कम्पनीले अब चीनमा उही १०,००० एमएएच ब्याट्री क्षमतासहितको विन टर्बो लन्च गरेको छ। तर डिभाइसमा कुनै कूलिङ फ्यान भने उपलब्ध छैन।
अनर विन टर्बोमा समावेश गरिएको डाइमेन्सिटी ८५०० चिपसेटले विन आरटीको स्न्यापड्रागन ८ एलिट र नियमित विनको ८ एलिट जेन ५ को तुलनामा कम पावर खपत गर्ने बताइएको छ। त्यसैले यो पर्फर्मेन्स–केन्द्रित डिभाइस नभएर इनड्यूरेन्स–केन्द्रित डिभाइस भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
अनर विन टर्बोमा १२०हर्ज रिफ्रेस रेट सहितको ६.७९–इन्चको ओएलईडी प्यानल रहेको छ। त्यसैगरी डिभाइस १२जीबी/२५६जीबी, १२जीबी/५१२जीबी र १६जीबी/५१२ जीबी गरी तीनओटा मेमोरी कन्फिगरेसनहरूमा उपलब्ध हुने छन्।
साथै पछाडिको क्यामरा हार्डवेयर एकदमै सामान्य रहेको र केवल ५० मेगापिक्सेल मुख्य शूटरको साथमा ५ मेगापिक्सेलको ल्ट्रावाइड क्यामरा समावेश गरिएको छ भने अगाडिको भागमा १६ मेगापिक्सेल सेल्फी क्यामरा समावेश गरिएको छ।
ह्यान्डसेटमा रहेको १०,००० एमएएच ब्याट्रीले ८० वाटको वायर्ड चार्जिङ समर्थन गर्दछ। अनरले ८० वाट सुपरचार्ज चार्जर प्रयोग गरेर लगभग ९० मिनेटमा ० देखि १०० प्रतीशत सम्म चार्ज हुने उल्लेख गरिएको छ।
डिभाइसको अर्को उत्कृष्ट विशेषता भनेको ट्रिपल आईपी मूल्याङ्कन रहेको छ। डिभाइसले पानी र धुलो विरुद्ध आईपी६८, आईपी६९ र आईपी६९के मूल्याङ्कनहरू प्राप्त गरेको छ। साथै डिभाइसले उच्च–तापमान, उच्च–दबाव वाटर जेटहरू पनि सामना गर्न सक्ने बताइएको छ।
अनर विन टर्बो कालो, सेतो र नीलो गरी तीन रङ्गहरूमा उपलब्ध हुनेछ। डिभाइसको १२जीबी/२५६जीबी कन्फिगरेसनको सुरुवाती मूल्य २,६९९ चिनियाँ युआन (३४० यूरो) रहेको छ भने १२जीबी/५१२जीबीको मूल्य २,९९९ चिनियाँ युआन (३८० यूरो) र र १६जीबी/५१२जीबीको मूल्य ३,५९९ चिनियाँ युआन चिनियाँ युआन (५६० यूरो) पर्ने उल्लेख गरिएको छ।
प्रकाशित: १९ जेष्ठ २०८३, मंगलवार