
काठमाडौं ।
विगतमा वेबसाइट बनाउनको लागि प्रोग्रामरहरू, बजेट र धेरै समयको आवश्यक पर्ने गर्दथ्यो। अब भने यो कार्य धेरै सरल बनेको छ र लगभग जो कोहीले पनि कुनै पनि प्रोग्रामिङ ज्ञान बिना कार्यात्मक वेबसाइट सिर्जना गर्न सक्नेछन्।
आधुनिक “नो–कोड” टुल्सहरू र सरलीकृत प्लेटफर्महरूको साथ, प्रयोगकर्ताहरूले भिज्योल इन्टरफेसहरू, रेडि–मेड टेम्प्लेटहरूका साथै डिजाइन र फङ्गसन्यालेटीको लागि अटोम्याटिक सलुसन्स (स्वचालित समाधानहरू) प्रयोग गरेर वेबसाइटहरू निर्माण गर्न सक्नेछन्।
यी प्लेटफर्महरूले कुनै पनि कोड नलेखी व्यवसाय, ब्लगहरू वा व्यक्तिगत परियोजनाहरूको लागि वेबसाइटहरू सिर्जना गर्ने क्षमता प्रदान गर्दछ। प्रयोगकर्ताहरूले केवल डिजाइन छनौट गर्दै कन्टेन्ट थप्नु पर्नेछ र केही मिनेटमा नै साइट प्रकाशित हुने टेलिग्राफले रिपोर्ट गरेको छ।
साथै, यी धेरै सेवाहरूमा होस्टिङ, डोमेन र एसईओ टुल्सहरू समावेश गरिएको हुनाले शुरुआवाती डेभलपरहरूको लागि प्रक्रिया अझ सहज हुने बताइएको छ।
विज्ञहरूले यो सहजता आज नयाँ वेबसाइटहरूको संख्या बढ्दै जानुको एउटा कारण हो भनि औंल्याएका छन्। साथै प्राविधिक अवरोधहरू उल्लेखनीय रूपमा कम भएका छन् र अनलाइन उपस्थिति सिर्जना गर्ने सबैको लागि पहुँचयोग्य भएको उनीहरुले थप उल्लेख गरेका छन्।
तर अधिक जटिल वा व्यावसायिक परियोजनाहरूको लागि कस्टमाइजेसन र उन्नत सुविधाहरूको लागि अझै पनि विकासकर्ता आवश्यक पर्न सक्छ भनि नीहरू विज्ञहरूले चेतावनी दिएका छन्।
प्रकाशित: १८ जेष्ठ २०८३, सोमबार