
काठमाडौं ।
सरकारले सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनको रुपमा अगाडि बढाउन यस्तो सेवाको निर्यातबाट आर्जित आयमा ५० प्रतिशत कर छुट दिएको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो घोषणा गरे।
उनले सूचना प्रविधि उद्योगमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई कर योग्य आयको गणनामा शतप्रतिशत छुट दिने घोषणा गरे।
प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार