
काठमाडौं ।
सामसङले लगभग केही हप्ता अघि ग्यालेक्सी एस२६ सिरिजको लागि एन्ड्रोइड १७–आधारित वान यूआई ९ बिटा कार्यक्रमको घोषणा गरेको थियो। दक्षिण कोरिया वान यूआई ९ बिटा अपडेट प्राप्त गर्ने पहिलो देश थियो भने त्यसपछि बेलायत, जर्मनी र केही अन्य युरोपेली देशहरूले अपडेट प्राप्त गरेका थिए। अब, सामसङले भारतमा ग्यालेक्सी एस२६ लाइनअपको लागि वान यूआई ९ बिटा कार्यक्रम विस्तार गरेको छ।
भारतमा जारी गरिएको सामसङ ग्यालेक्सी एस२६, ग्यालेक्सी एस२६प्लस र ग्यालेक्सी एस२६ अल्ट्राको लागि वान यूआई ९ बिटा अपडेटमा फर्मवेयर संस्करण एस९४×बीएक्सएक्सयू२जेडजेडईक्यू रहेको बताइएको छ भने यो जुन ५, २०२६, एन्ड्रोइड सुरक्षा प्याचको साथ आउने बताइएको छ। साथै अपडेटको लागि ३.७जीबी भन्दा बढी डाउनलोड आवश्यक पर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
भारतमा वान यूआई ९ बिटा कार्यक्रम विस्तार गर्नुको साथै सामसङले बेलायत र दक्षिण कोरियामा ग्यालेक्सी एस२६ सिरिजको लागि वान यूआई ९ बिटा २ अपडेट जारी गरेको छ भने आगामी दिनहरूमा अन्य क्षेत्रहरूले पनि यो अपडेट प्राप्त गर्ने अपेक्षा गरिएको छ।
ग्यालेक्सी एस२६ अल्ट्राको लागि बेलायतमा रोल आउट हुने दोस्रो वान यूआई ९ बिटा पनि जुन ५, २०२६ को एन्ड्रोइड सुरक्षा प्याचको साथ आउने र लगभग १.६जीबी भन्दा बढी डाउनलोड आवश्यक पर्ने बताइएको छ।
अपडेटको चेन्जलगमा ६ ओटा बगहरू समाधान गरिएको उल्लेख छ। ती हुन्ः
वान यूआई ९ बिटा कार्यक्रममा इनरोल (भर्ना) गरेर आफ्नो ग्यालेक्सी एस२६ सिरिज स्मार्टफोनमा अहिलेसम्म पहिलो वा दोस्रो वान यूआई ९ बिटा अपडेट प्राप्त नगरेको अवस्थामा प्रयोगकर्ताले आफ्नो फोनको सेटिङ्स भित्र सफ्टवेयर अपडेट मेनुमा गएर म्यानुअल रूपमा त्यसको जाँच गर्न सक्नेछन्।
प्रकाशित: १४ जेष्ठ २०८३, बिहीबार