वैशाख मसान्तसम्म साढे ३९ अर्ब रुपैयाँ माथिको साढे १८ लाखबढी स्मार्टफोन आयात

  • Technology Khabar | ११ जेष्ठ २०८३, सोमबार
वैशाख मसान्तसम्म साढे ३९ अर्ब रुपैयाँ माथिको साढे १८ लाखबढी स्मार्टफोन आयात
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

चालु आर्थिक वर्षको दशौं महिना २०८३ वैशाख मसान्तसम्म नेपालमा ३९ अर्बभन्दा बढीको पौने साढे १८ लाखभन्दा बढी थान स्मार्टफोन आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को २०८३ वैशाख मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात अन्य महिनाहरुमा झैँ उल्लेख्य वृद्धि हुँदै गइरहेको पाइएको हो।

२०८३ वैशाख मसान्तसम्म समग्रमा ३९ अर्ब २४ करोड  ४३ लाख ६४ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको १६ लाख ६१ हजार ४१७ थान स्मार्टफोन आयात भएको विवरणमा उल्लेख छ।

यस अवधिमा सरकारले स्मार्टफोनको आयातबाट ७ अर्ब ३१ करोड ७७ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ५९ मुलुकबाट स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो अवधिमा पानि चीनबाट २९ अर्ब ७५ करोड ६ लाख ३ हजार रुपैयाँ बराबरको १५ लाख ६२ हजार ५७० थान स्मार्टफोन आयात भएको छ।

यसैगरी भारतबाट ८ अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ बराबरको २ लाख ८२ हजार ८७७ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

यसबाहेक विश्वका अन्य ५७ मुलुकबाट पनि यो अवधिमा विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु भित्रिएका छन् जसमध्ये २५ थानमाथि आयात भएका शीर्ष १६ कारोबार तलको तालिकामा देखाइएको छ:

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
अस्ट्रेलिया२४५२१४६९७२
बंगलादेश३१३६६९
क्यानडा१३३१६३२३
चीन१५६२५७०२९७५०६०३
हङकङ८१८४८७
भारत२९२८७७८९७२७५६
जापान११७७९७६१५
दक्षिण कोरिया७२७३६३०२
कुवेत४३२४७०
१०मलेसिया६६४५४७
११पोर्चुगल४९५२६४
१२कतार६९८२२७९४
१३साउदी अरेबिया२८२८००
१४बेलायत२३४२७३४७
१५अमेरिका१२५५१५५६८२
१६भियतनाम३४१२६२

प्रकाशित: ११ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार