वैशाख मसान्तसम्म २० अर्ब बढीका साढे ८ हजार चारपाङ्ग्रे विद्युतीय सवारी आयात

  • Technology Khabar | ९ जेष्ठ २०८३, शनिबार
वैशाख मसान्तसम्म २० अर्ब बढीका साढे ८ हजार चारपाङ्ग्रे विद्युतीय सवारी आयात

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को दशौं महिना २०८३ वैशाख मसान्तसम्ममा नेपालमा २० अर्ब ३२ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको ८ हजार ६ सय ५ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को २०८३ वैशाख महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, थाइल्याण्ड र अमेरिका,अस्ट्रिया र बेलायत गरी विश्वका ८ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

उक्त परिमाणको आयातमार्फत् सरकारले १२ अर्ब ४३ करोड २९ लाख ६७ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५० किलोवाटसम्म१६१४२८६४२९५
कार, जीप र भ्यानभारत५० किलोवाटसम्म१२२४२१३७११२

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५१ देखि १०० किलोवाटसम्म३५९०९१५१४९८
कार, जीप र भ्यानभारत५१ देखि १०० किलोवाटसम्म७८२२००८५५८
कार, जीप र भ्यानथाइल्याण्ड५१ देखि १०० किलोवाटसम्म६५२१८५९८१२
कार, जीप र भ्यानबेलायत५१ देखि १०० किलोवाटसम्म४९८८

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन१०१ देखि २०० किलोवाटसम्म६५२१८९४०३३
पिक पावरयुक्त कार, जीप र भ्यानजर्मनी१०१ देखि २०० किलोवाटसम्म११८४९९७
पिक पावरयुक्त कार, जीप र भ्यानभारत१०१ देखि २०० किलोवाटसम्म४४१६४६६८
पिक पावरयुक्त कार, जीप र भ्यानद कोरिया१०१ देखि २०० किलोवाटसम्म४८५९१
पिक पावरयुक्त कार, जीप र भ्यानअमेरिका१०१ देखि २०० किलोवाटसम्म१०४३२७८

 

२०१ देखि ३०० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानअस्ट्रिया२०१ देखि ३०० किलोवाटसम्म६७९७
पिक पावरयुक्त कार, जीप र भ्यानचीन२०१ देखि ३०० किलोवाटसम्म४५०५३
पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका२०१ देखि ३०० किलोवाटसम्म९९१२

प्रकाशित: ९ जेष्ठ २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...