म्याकबुक प्रो ओएलईडी प्यानलहरूका बृहत उत्पादन अर्को महिनादेखि सुरु गरिने

  • Technology Khabar | ९ जेष्ठ २०८३, शनिबार
म्याकबुक प्रो ओएलईडी प्यानलहरूका बृहत उत्पादन अर्को महिनादेखि सुरु गरिने

काठमाडौं ।

सामसङ डिस्प्लेले अर्को पुस्ताको एप्पल म्याकबुक प्रोको लागि लक्षित ओएलईडी प्यानलहरूको उत्पादन तयारी ९० प्रतिशत भन्दा माथि पुगेको कोरियाबाट नयाँ रिपोर्ट बाहिरिएको छ। साथै केही प्रक्रियाहरूको उत्पादन तयारी ९५ प्रतिशत पनि पुगेको उल्लेख गरिएको छ।

प्यानलहरू आगामी महिनाको सुरुमा बृहत उत्पादनको साथै त्यसपछि एप्पलका एसेम्बलरहरूका लागि ढुवानीको लागि तयार हुने रिपोर्टले उल्लेख गरेको छ। त्यसैगरी आपूर्ति मात्रा लगभग २० लाख युनिट अनुमान गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

ठूलो क्षेत्रफलको कारणले गर्दा ल्यापटपहरूको ओएलईडी प्यानलहरूको निर्माण स्मार्टफोनहरूको तुलनामा बढी गाह्रो हुने बताइएको छ भने ब्राइटनेस (चमक), लाइफस्पान र एकरूपताको लागि आवश्यकताहरू त्यसबाट थप प्रभावित हुने गरेको उल्लेख गरिएको छ।

एप्पलले ओएलईडी टचस्क्रिनको साथ आउने हल्ला रहेको म्याकबुक अल्ट्रा यो वर्ष वा अर्को वर्ष लन्च गर्ने अपेक्षा गरिएको छ। अर्कोतर्फ, अर्को पुस्ताको म्याकबुक प्रोले भने टच फङ्गसन्यालिटी (कार्यक्षमता) बिनाको ओएलईडी प्यानल पाउन सक्ने उल्लेख गरिएको छ।

प्रकाशित: ९ जेष्ठ २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

EU moves closer to kicking kids off social media

  • Technology Khabar
  • ९ जेष्ठ २०८३, शनिबार