सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि गरिएको दरखास्त आह्वान रद्द

  • Technology Khabar | ८ जेष्ठ २०८३, शुक्रबार
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि गरिएको दरखास्त आह्वान रद्द

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले  सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान रद्द गरेको छ।

मन्त्रालयले आज एक सूचना प्रकाशित गरी उक्त दरखास्त आह्वान रद्द गरेको जानकारी दिएको हो।

‘सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि मिति २०८३/०२/०७ मा सार्वजनिक सूचना प्रकाशन गरी दरखास्त आह्वान गरिएकोमा विशेष कारणवश उक्त सूचना रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ, सूचनामा उल्लेख छ।

विशेष कारणवश भनिए पनि हिजो आह्वान गरिएको दरखास्त/आवेदन आज रद्द गर्नुपरेको कारण भने खुलाइएको छैन।

मन्त्रालयले हिजो मात्रै सार्वजनिक सेवा प्रसारण संस्था, गोरखापत्र संस्थान तथा प्रेस काउन्सिलको शीर्ष पदका लागि दरखास्त आह्वान गरेको थियो। तीमध्ये अरु दुई पदको आह्वान रद्द गरिएको छैन।

सम्बन्धित समाचार

सरकारले माग्यो गोरखापत्र संस्थान, सार्वजनिक प्रसारण सेवा र प्रेस काउन्सिलको शीर्ष पदका लागि आवेदन

प्रकाशित: ८ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार