काठमाडौं ।
सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त अध्यक्ष पदहरुको लागि आवेदन दिने आवेदकहरुको सूची सार्वजनिक गरेको छ।
मन्त्रालयले अन्तिम दिन जेठ ५ गते मंगलबार कार्यालय समयसम्मको अवधि तोकेर आवेदन माग गरेपनि अहिले मध्यान्हसम्म सो पदहरुमा आवेदन दिने आवेदकहरुको नाम सार्वजनिक गरेको हो।
मन्त्रालयले जेठ ७ गते आवेदकहरुको सूची जारी गरेको छ, जसमध्ये अध्यक्ष पदका लागि मात्रै ३२ जनाले आकांक्षा राखेका छन्।
*मन्त्रालयकाअनुसार अध्यक्ष पदका लागि मात्रै ३२ जनाले आवेदन दिएका छन्। जसमा प्राधिकरणकै निमित्त प्रमुख तथा निर्देशक अर्जुन घिमिरे, प्राधिकरणकै पूर्व निर्देशक अम्बर स्थापित, नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धिराज आचार्य, नेपाल टेलिकममा कार्यरत उप प्रबन्धक डा. मधुसुदन दाहालले आवेदन दिएका छन्।
यस्तै कृष्णराम धुजु, रोहित रौनियार, नगेन्द्रकुमार दास, पंकज कुमार दास, सुनिल कुमार मिश्र, भोजराज घिमिरे, समुल्ला खान, श्रीकृष्ण सुवेदी, दिपकराज लुइटेल, अनन्त सिंह, शैलेन्द्र गिरी, महेशप्रसाद पाण्डे, नवीन जीसी, रमेश कुमार श्रीवास्तव, अमलेन्दु नारायण सिंह, हरिशङ्कर शाह, नरेन्द्रमान सिंह महर्जन, अनिल कुमार झा, सुशील प्रसाद शाह, सरोजकुमार शर्मा, र राकेश ताम्राकार छन्।
यस्तो छ सूची
| क्र.सं. | नाम थर | ठेगाना | क्र.सं. | नाम थर | ठेगाना |
| १ | रोहित रौनियार | विरगञ्ज–८, पर्सा | १७ | ई. जनार्दन भट्ट | भीमसेन थापा गा. पा. – १, गोरखा |
| २ | नगेन्द्र कुमार दास | का.म.न.पा.–२८, काठमाडौं | १८ | अनन्त मान सिंह | का.म.न.पा. – ११, काठमाडौं |
| ३ | राकेश ताम्राकार | ललितपुर–१६, ललितपुर | १९ | मधु सुदन दाहाल | कागेश्वरी मनहरा-८, काठमाडौं |
| ४ | सरोजकुमार शर्मा | एकडारा गा.पा.–६, महोत्तरी | २० | दिपक राज लुइटेल | क्षत्रेदेउराली-३, धादिङ |
| ५ | प्रदिप कुमार श्रेष्ठ | धुलिखेल–६, काभ्रेपलाञ्चोक | २१ | श्रीकृष्ण सुवेदी | प्युठान न. पा.-४, प्युठान |
| ६ | सुभाष साह | लोहारपटी–३, महोत्तरी | २२ | सनाउल्लाह खान | गैडहवा – १, रुपन्देही |
| ७ | सुशील प्रसाद शाह | सबैला–९, धनुषा | २३ | डा. भोजराज घिमिरे | बुढानिलकण्ठ-१२, काठमाडौं |
| ८ | अनिल कुमार झा | दुर्गाभगवती गा.पा.–३, रौतहट | २४ | सुनिल कुमार मिश्र | घोराही म.न.पा. – १०, दाङ |
| ९ | नरेन्द्र मान सिंह महर्जन | का.म.न.पा.–२२, काठमाडौं | २५ | अम्बर स्थापित | का.म.न.पा.-२४, काठमाडौं |
| १० | अमलेन्दु नारायण सिंह | का.न.म.पा.-३१, काठमाडौं | २६ | पंकज कुमार दास | विराटनगर १३, मोरङ |
| ११ | रमेश कुमार श्रीवास्तव | वसन्तपुर- ९, रौतहट | २७ | कृष्ण राम धुँजु | धुलिखेल-५, काभ्रे |
| १२ | नविन जि.सी | शिवगढी- ९, कपिलबस्तु | २८ | दिपक राज उप्रेती | ललितपुर, ५ ललितपुर |
| १३ | महेश प्रसाद पाण्डेय | कालीगण्डकी – २, स्याङजा | २९ | माधव अधिकारी | चगढी-८, झापा |
| १४ | डा. शैलेन्द्र गिरी | झिमरुक – ६, प्युठान | ३० | नविन कुमार कर्ण | लालबन्दी- ५, सर्लाही |
| १५ | बुद्वी प्रसाद आचार्य | टोखा-६, काठमाडौं | ३१ | दिपेश शिवाकोटी | विर्तामोड-४, झापा |
| १६ | अर्जुन घिमिरे | पाणिनी- ५, अर्घाखाँची | ३२ | डा. ई. राजिब सुब्बा | का.म.न.पा. – ३, काठमाडौं |
प्राप्त हुन आएका आवेदकहरुको व्यावसायिक कार्ययोजना प्रस्तुती र अन्तरवार्ताको लागि मन्त्रालयले गठन गरेको सिफारिस समितिले तोकेअनुसार हुने बताइएको छ।
प्राधिकरणका अध्यक्ष र सदस्य पदका लागि आवेदकहरुले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुती र अन्तरवार्ता दिनुपर्नेछ।
सो व्यावसायिक कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताको आधारमा मन्त्रालयले गठन गरेको छनोट समितिले प्राधिकरणको नयाँ अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा प्रस्ताव गर्नेछ।
सोहि प्रस्तावित नामहरुमध्येबाट मन्त्रिपरिषदले १ जनालाई दूरसंचार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ। त्यसैगरी सोहीअनुसार, बोर्ड सदस्यको रुपमा ४ जनालाई नियुक्त गर्नेछ।
मन्त्रालयले २०८३ वैशाख २६ गते नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त अध्यक्ष र सदस्य पदहरुको लागि एकैपटक आवेदन माग गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको थियो।
यसअघि सरकारले अध्यादेशमार्फत एकैपटक प्राधिकरणका अध्यक्ष र सदस्यहरुलगायतको पद खारेज गरेको थियो। सोही पदपूर्तिका लागि नयाँ आवेदन माग गरिएको हो।
*सरकारले २०८३ जेठ ७ गते सार्वजनिक गरेको सूचनाअनुसार सूचीमा रहेका नामहरु, संख्या र समाचार सम्पादन गरिएको छ-सम्पादक
प्रकाशित: ६ जेष्ठ २०८३, बुधबार