नेपाल टेलिकमको फोरजी एलटीई परियोजना सकिने अवधि पुस १६ गतेसम्म, लागत बढेर २१ अर्ब १८ करोड पुग्यो

  • Technology Khabar | ४ जेष्ठ २०८३, सोमबार
नेपाल टेलिकमको फोरजी एलटीई परियोजना सकिने अवधि पुस १६ गतेसम्म, लागत बढेर २१ अर्ब १८ करोड पुग्यो

काठमाडौं ।

नेपाल टेलिकमको फोरजी एलटीई परियोजनाको अवधि पुस १६ गतेसम्मका लागि थपिएको छ भने लागत बढेर २१ अर्ब १८ करोड १० लाख रुपैयाँ पुगेको छ। महालेखापरीक्षकको त्रिसठ्ठिऔं प्रतिवेदनमार्फत नेपाल टेलिकमको फोरजी एलटीई परियोजनाको अवधि थप हुँदै २०८३ पुस १६ गतेसम्मका लागि थप गरिएको खुलासा भएको हो।

आर्थिक वर्ष २०८१/८२ को लागि गरिएको लेखापरीक्षण प्रतिवेदनले २०८२ असोज ९ गतेको सञ्चालक समितिले उक्त परियोजनाको म्याद थप गर्ने निर्णय गरेको जनाएको छ।

कम्पनीले आफ्नो व्यवसायलाई सुदृढ र विस्तार गर्न राष्ट्रव्यापी ४जी एलटीई परियोजना सुरु गरेको थियो। परियोजना अन्तर्गत, कोर रेडियो एक्सेस नेटवर्कको पहिलो र दोस्रो संरचनाहरूको लागि कर र शुल्क बाहेक १९ अर्ब ६८ करोड रुपैयाँको खरिद सम्झौतामा हस्ताक्षर गरेको छ।

सम्झौता अनुसार, परियोजना २०७६ माघ मसान्तसम्ममा सम्पन्न हुने भनिएको थियो, तर २०७८ को चैतसम्म म्याद थप गरिएको थियो। तर कम्पनीले त्यसपछि म्याद थप नगरेरनै गत वर्ष ९७ करोड १० लाख रुपैयाँ उक्त परियोजनामा खर्च गरिसकेको छ। ४जी एलटीई परियोजनाअन्तरगत सो वर्ष ५३ करोड रुपैयाँ खर्च गरिसकिएको थियो।

समयमा सम्पन्न नभएको परियोजनालाई थपिएको म्याद भित्र सम्पन्न गराउनुपर्ने भनेको छ। “खरिद सम्झौतामा उल्लेखित शर्तहरु अनुसार कार्य गर्न लगाई म्याद थप भएको अवधिभित्र परियोजना सम्पन्न गर्न लगाउनुपर्छ,” प्रतिवेदनमा भनिएको छ।

प्रकाशित: ४ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Proton opens its 11th showroom in Birgunj; launches the all-new Proton e.MAS 5

  • Technology Khabar
  • ४ जेष्ठ २०८३, सोमबार