नेपाल टेलिकमको अन्तर्राष्ट्रिय बहिर्गमन कलको ‘रिटेल पल्स ड्युरेसन’ अब ६० सेकेन्ड हुने

  • Technology Khabar | ३१ बैशाख २०८३, बिहीबार
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय बहिर्गमन कलको ‘रिटेल पल्स ड्युरेसन’ अब ६० सेकेन्ड हुने

काठमाडौं ।

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलको ‘रिटेल पल्स ड्युरेसन’ ६० सेकेन्ड कायम गरेको छ।

कम्पनीले आज सूचना जारी गर्दै नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधिमा परिमार्जन गरिएको जनाएको हो।

टेलिकमका अनुसार अब विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकमा इन्टरनेसनल एक्सेस कोड ००/१५२४/१५२५/१५४५ प्रयोग गरी बहिर्गमन कल गर्दा ६० सेकेन्डको पल्स दर लागू हुनेछ।

दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट  २०८२ फागुन ७ गते प्राप्त स्वीकृतिअनुसार उक्त व्यवस्था लागू गरिएको कम्पनीले जनाएको छ। नयाँ पल्स दर आगामी जेठ १ गतेदेखि कार्यान्वयनमा आउनेछ।

यो व्यवस्था अन्तर्गत अस्ट्रेलिया, अमेरिका, बेलायत, भारत, चीन, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, सिंगापुर, यूएई, कतार, साउदी अरेबिया, थाइल्यान्ड, मलेसिया लगायत ५८ देशमा गरिने कलमा ६० सेकेन्डको पल्स दर लागू हुनेछ।

त्यस्तै नाउरु, न्यु क्यालेडोनिया, न्युजिल्यान्ड, नाइजेरिया, पालाउ, पनामा, पपुवा न्युगिनी, सामोआ, साउदी अरेबिया, सिंगापुर, श्रीलंका, सुडान, सुरिनाम, थाइल्यान्ड, टोंगा, टर्की, तुभालु, भानुआटु र भियतनामलगायतका देशमा गरिने कलमा पनि सोही व्यवस्था लागू हुने कम्पनीले उल्लेख गरेको छ।

नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकमा कल गर्न फरक–फरक एक्सेस कोडको व्यवस्था गरेको जनाएको छ। कम्पनीका अनुसार अन्तर्राष्ट्रिय कल गर्न सुरुमा एक्सेस कोड र त्यसपछि सम्बन्धित देशको कन्ट्री कोड डायल गर्नुपर्ने व्यवस्था रहेको छ।

प्रकाशित: ३१ बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार