नेपाल टेलिकमले तेस्रो त्रैमासमा कमायो ६ अर्ब २७ करोड २९ लाख खुद नाफा, गत आवको तुलनामा १० प्रतिशत बढी

  • Technology Khabar | ३० बैशाख २०८३, बुधबार
नेपाल टेलिकमले तेस्रो त्रैमासमा कमायो ६ अर्ब २७ करोड २९ लाख खुद नाफा, गत आवको तुलनामा १० प्रतिशत बढी

काठमाडौं ।

नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ६ अर्ब २७ करोड २९ लाख खुद नाफा कमाएको छ। यो आँकडा गत आवको तुलनामा १० प्रतिशत अर्थात् ५६ करोड २४ लाख रुपैयाँले बढी हो।

कम्पनीले हालै उक्त अवधिको लेखा परीक्षण नगरिएको वित्तीय विवरण सार्वजनिक गर्दै गरेको हो। विवरण अनुसार कम्पनीको सञ्चालन आय, कुल आय तथा खुद नाफा गत आ.व.को सोही अवधिको तुलनामा वृद्धि भएको देखिन्छ।

यसैगरी कम्पनीको “ब्याज, कर तथा ह्रासकट्टीअघिको आम्दानी रु. १४ अर्ब ३८ करोड २ लाख पुगेको छ, जुन गत आर्थिक वर्षको तुलनामा १.३२ प्रतिशतले बढेको हो। कम्पनीको प्रति शेयर वार्षिक आम्दानी रु. ४६.४७ पुगेको छ, जुन गत आ.व.को तुलनामा ९.९ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कुल सञ्चालन आय रु. २५ अर्ब ९२ करोड ९६ लाख आर्जन गरेको छ, जुन गत आ.व.को सोही अवधिको तुलनामा रु. ६१ करोड २० लाख (२.४२ प्रतिशत) बढी हो। कुल आय रु. २८ अर्ब ८५ करोड ४८ लाख पुगेको छ, जुन गत आ.व.को तुलनामा १.४९ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीका अनुसार यस अवधिमा ब्याजदर निरन्तर घट्दै गएपछि ब्याज आय करिब रु. ५७ करोड ६६ लाख (२०.५७ प्रतिशत)ले घटेको छ। तर जीएसएम सेवाबाट प्राप्त राजस्व भने ५७ करोड ७४ लाख (२.७६ प्रतिशत)ले बढेको छ। साथै ह्रासकट्टी खर्च गत आ.व.को तुलनामा ३८ करोड ६९ लाख (८.४६ प्रतिशत)ले घटेको छ। यसकै आधारमा राजस्व तथा नाफामा आएको परिवर्तन आएको देखिन्छ।

नेपाल टेलिकमले प्रस्तुत गरेको नतिजाले कम्पनीको वित्तीय स्थिति स्थिर रहनुका साथै जीएसएम सेवाबाट हुने आयले नाफा वृद्धिमा योगदान पुर्‍याएको देखिन्छ।

प्रकाशित: ३० बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार