नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा इन्टरनेट सेवा अवरुद्ध

  • Technology Khabar | २९ बैशाख २०८३, मंगलवार
नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा इन्टरनेट सेवा अवरुद्ध
सांकेतिक

काठमाडौं ।

बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिकामा रहेको नेपाल टेलिकमको फाइबर इन्टरनेट टावरमा तोडफोड गरिएको छ।
नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले सोही नगरपालिका–६ बाम्का नजिकै बनाइएको टावरमा गएराति अज्ञात समूहलले तोडफोड गरेको जानकारी दिए। टावरका तार चुडाएको र तोडफोड गरिएकाले सेवा अवरुद्ध भएको उनले बताए।
निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले टावर तोडफोडबारे जानकारी प्राप्त भएको र संलग्न व्यक्तिको खोजीका लागि प्रहरीलाई निर्देशन दिइएको बताए।
सोहीअनुसार तोडफोड गर्ने व्यक्ति तथा समूहको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।-रासस

प्रकाशित: २९ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...