
काठमाडौं ।
सरकारले नेपालमै बसेर विदेशी दाताका लागि काम गर्नका लागि नीति बनाउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
नेपालमै बसेर विदेशी दाताका लागि काम गर्ने रिमोट वर्कको नीति बनाउने सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गरेको हो।
प्रकाशित: २८ बैशाख २०८३, सोमबार