अमेरिकामा प्रतिबन्धित ड्रोन र राउटरहरूले २०२९ सम्म महत्वपूर्ण अपडेट पाउने

  • Technology Khabar | २८ बैशाख २०८३, सोमबार
अमेरिकामा प्रतिबन्धित ड्रोन र राउटरहरूले २०२९ सम्म महत्वपूर्ण अपडेट पाउने
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

संघीय सञ्चार नियोग एफसीसीले प्रतिबन्ध लगाएको चिनियाँ कम्पनी डीजेआईका ड्रोन तथा राउटर केही वर्षसम्म अझै प्रयोग गर्न सकिने भएको छ।

एफसीसीको अफिस अफ इञ्जीनियरिङ एण्ड टेक्नोलोजी ओईटीले मे ८ मा जारी गरेको सूचनाअनुसार प्रभावित राउटर र ड्रोनहरूले जनवरी १, २०२९ सम्म “अमेरिकी उपभोक्तालाई हुने क्षति कम गर्ने” सफ्टवेयर र फर्मवेयर अपडेट प्राप्त गर्न सक्नेछन्। नयाँ सूचनाले अपडेटको समयसीमा अघिल्लो अन्तिम मितिभन्दा करिब दुई वर्ष बढाएको हो।

एफसीसीले २०२५ डिसेम्बरमा राष्ट्रिय सुरक्षा चिन्ता उत्पन्न गर्ने सञ्चार उपकरण तथा सेवाको कभर्ड लिस्टमा “अनक्रूड एयरक्राफ्ट सिस्टम”, अर्थात् ड्रोन र तिनका कम्पोनेन्टहरू थपेको थियो।

त्यसको केही महिनापछि अमेरिकी बाहिर निर्माण गरिएका राउटरहरू पनि सूचीमा थपिए, तर प्रभावित राउटरहरूले कम्तीमा मार्च १, २०२७ सम्म अपडेट पाउने छुट दिइएको थियो।

एफसीसीको पछिल्लो सूचनामा ओईटीले अपडेटको समयसीमा बढाउन समर्थन गर्दै “विशेष परिस्थितिले सामान्य नियमबाट फरक निर्णय आवश्यक बनाएको” र “प्रतिबन्धमा छुटको अवधि बढाउँदा सार्वजनिक हित राम्रोसँग सुरक्षित हुने” उल्लेख गरेको छ।

यो समयसीमा विस्तार हुनुमा कन्जुमर टेक्नोलोजी एसोसिएशनको दबाब पनि एक कारण हुन सक्ने बताइएको छ। उक्त व्यापार संगठनले एफसीसीलाई पठाएको पत्रमा पहिले अनुमति पाएका उपकरणहरूका लागि “कम्तीमा एक वर्षभन्दा बढी” अपडेट र सुरक्षा प्याच जारी राख्न सुझाव दिएको थियो।

सीटीएले प्रतिबन्धबाट प्रभावित उत्पादनहरूको दायराबारे “थप स्पष्टता” माग गर्नुका साथै प्रभावित उपकरण उत्पादन गर्ने कम्पनीहरूलाई थप पारदर्शिता र मार्गदर्शन दिन अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद र रक्षा विभागसँग सहकार्य गर्न पनि अनुरोध गरेको थियो।

प्रकाशित: २८ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार