एप्पलले आफ्नो अनलाइन स्टोरमा एम४ म्याक मिनीको २५६जीबी स्टोरेज मोडेलको बिक्री बन्द गर्यो

  • Technology Khabar | २१ बैशाख २०८३, सोमबार
एप्पलले आफ्नो अनलाइन स्टोरमा एम४ म्याक मिनीको २५६जीबी स्टोरेज मोडेलको बिक्री बन्द गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले २०२४ मा लन्च गरेको एम४ चिप–संचालित म्याक मिनीको बेस मोडेलमा २५६जीबी स्टोरेज थियो। यो मोडेल गत महिना अमेरिका लगायत केही देशहरूमा एप्पलको अनलाइन स्टोरमा स्टक सकिएको थियो। अब विश्वव्यापी रूपमा एप्पलको वेबसाइटबाट हटाइएको छ।

फलस्वरूप एप्पलको वेबसाइटमा अब एम४ म्याक मिनीको लागि नयाँ बेस स्टोरेज ५१२जीबी बाट सुरु हुने र डिभाइसको मूल्य पूर्वनिर्धारित १६जीबी र्याम विकल्पको साथ ७९९ अमेरिकी डलर पर्ने बताइएको छ।

त्यसैगरि त्यहाँ २४जीबी र ३२जीबी गरि थप दुई र्याम विकल्पहरू पनि उपलब्ध छन्। साथै थप स्टोरेज चाहेको खण्डमा १टीबी वा २टीबीमा स्तरोन्नति गर्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

त्यसैगरी एम४ प्रो चिपमा स्तरोन्नति नगर्ने हो भने ६४जीबी र्याम र ८टीबी सम्म स्टोरेज भएको म्याक मिनी पनि उपलब्ध भएको उल्लेख गरिएको छ।

एप्पलको हालैको दोस्रो त्रैमासिकको आम्दानी विवरणको क्रममा एप्पलका सीईओ टिम कुकले म्याक मिनीको सीमित आपूर्तिलाई स्वीकार गरेको र डिभाइसको उच्च मागको श्रेय दिनुका साथै एप्पललाई आपूर्ति–माग सन्तुलन प्राप्त गर्न धेरै महिना लाग्न सक्ने बताएका छन्।

“म्याक मिनी र म्याक स्टुडियोमा, यी दुवै एआई र एजेन्टिक टुल्सहरूको लागि अद्भुत प्लेटफर्महरू हुन् भने यसको ग्राहक पहिचान हामीले अनुमान गरेको भन्दा छिटो भइरहेको हुनाले हामीले अपेक्षा गरिएको भन्दा बढी माग देख्यौं”, टिम कुकले बताएका छन्।

प्रकाशित: २१ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार