
काठमाडौं ।
जापान एयरलाइन्सले मे महिनादेखि हानेदा विमानस्थलमा ह्युमनोइड रोबोटहरू प्रयोग गर्न पाइलट परियोजना सुरु गरेको छ। चिनियाँ कम्पनी युनिट्री रोबोटिक्सद्वारा निर्मित रोबोटहरूले धावनमार्गमा सामान र कार्गो ढुवानी गर्न मद्दत गर्नेछन्।
सन् २०२८ सम्म लक्ष्य राखेको टेलिग्राफले रिपोर्ट गरेको छ।चल्ने अपेक्षा गरिएको यो प्रयोगले जापानमा श्रमिक अभाव कम गर्ने
रोबोटहरूले बिना अवरोध २ देखि ३ घण्टा काम गर्न सक्छन् भने भविष्यमा विमान सफा गर्न पनि प्रयोग गर्न सकिने सम्भावनको उल्लेख गरिएको छ।
तर, सुरक्षा जस्ता महत्वपूर्ण कार्यहरू भने मानव हातमा नै रहने बताइएको छ। यो प्रविधिले कर्मचारीहरूको लागि भौतिक कार्यभार घटाउने र विश्वको सबैभन्दा व्यस्त विमानस्थलहरू मध्ये एकमा दक्षता बढाउने अधिकारीहरूले आशा गरेका छन्।
प्रकाशित: १९ बैशाख २०८३, शनिबार