दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • Technology Khabar | १५ बैशाख २०८३, मंगलवार
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

काठमाडौं ।

चितवनका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ। भरतपुर महानगरपालिका र माडी नगरपालिकाले स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङका अनुसार इलाका प्रशासन कार्यालय माडी र भरतपुर महानगरपालिका वडा नम्बर १ देखि १५ सम्मका बासिन्दाका लागि महानगरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो।

भरतपुर महानगरपालिका वडा नम्बर १६ देखि २९ सम्म र अन्य पालिकाका बासिन्दाका लागि भने जिल्ला प्रशासन कार्यालयबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिने जनाइएको छ।

त्यसैगरी प्रशासनमा बनेर आएका परिचयपत्रसमेत ती दुई ठाउँमा पठाइएको छ । इलाका प्रशासन कार्यालय माडीमा वितरणका लागि १० हजार कार्ड पठाइसकिएको छ। महानगरपालिका–१५ सम्मको ३६ हजार परिचयपत्र पठाइएको उनले जानकारी दिए। उनका अनुसार भरतपुर महानगरपालिकाबाट क्रमशः महानगरभित्रका सबै वडाको परिचयपत्र वितरण गरिने छ।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा जल्न बाँकी रहेका परिचयपत्र वितरण गर्न लागिएको हो। प्रदर्शनपछि खिचिएका परिचयपत्रहरु अहिले नआएकाले पुराना परिचयपत्र वितरण गर्न लागिएको उनले बताए। रासस

प्रकाशित: १५ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार