राइड शेयरिङका लागि प्रयोग हुने सवारीको छुट्टै पहिचान हुने, क्यूआर कोडसहितको स्टिकर टाँस्नु पर्ने

  • Technology Khabar | १२ बैशाख २०८३, शनिबार
राइड शेयरिङका लागि प्रयोग हुने सवारीको छुट्टै पहिचान हुने, क्यूआर कोडसहितको स्टिकर टाँस्नु पर्ने
सांकेतिक तस्बिर

काठमाडौं ।

डिजिटल मोबिलिटी (राइड शेयरिङ) सेवामा प्रयोग हुने सवारिको छुट्टै पहिचानका लागि विभागले निर्धारण गरे बमोजिमको डिजाइन, ड्रइङ र विशिष्टता भएको क्यूआर कोड सहितको स्टिकर टाँस्नु पर्ने व्यवस्था गरिएको छ।

राइड शेयरिङ सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२ को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो।

यस्ता स्टिकर तयार गरी वितरण गर्ने जिम्मा सेवा प्रदायकको हुनेछ भने क्यूआर कोडको मोडल र सुरक्षा विशिष्टता विभागले तोके बमोजिम हुनेछ।

सेवा प्रदायकले डिजिटल मोबिलिटी सेवामा प्रयोग हुने सवारीमा टाँस्ने क्यूआर कोडसहितको स्टिकर सेवा प्रयोग गर्ने यात्री, ट्राफिक प्रहरी र यातायात यममा खटिने आधिकारिक व्यक्तिले मात्र जाँच गर्न सक्ने गरी व्यवस्था मिलाउनुपर्नेछ।

यसबाहेक डिजिटल मोबिलिटी सेवामा प्रयोग हुने सवारीसाधनको पहिचानको लागि टाँस्ने क्यूआर कोडभित्र सेवा प्रदायकको नाम, सञ्चालन अनुमतिपत्र नम्बर, सवारीको दर्ता नम्बर र मिति, इन्जिन वा मोटर नम्बर, च्यासिस नम्बर, चालकको नाम, फोटो र लाइसेन्स नम्बर, लाइसेन्सको जारी मिति र बहाल अवधि लगायतको विवरण हुने पर्नेछ। एक पटक जारी गरिएका क्यूआर कोडसहितको स्टिकर एक वर्षको लागि मान्य हुनेछ।

(डिजिटल मोबिलिटी सेवामा प्रयोग हुने सवारीको प्रत्येक वर्ष संघीय सञ्चयन कोषमा जम्मा हुने गरी दुई पाङ्ग्रे सवारिको हकमा रु. १०००/- (एक हजार रुपैयाँ मात्र) र चारपाङ्ग्रे सवारिको हकमा रु. ५००० (पाँच हजार रुपैयाँ) मात्र सेवा आबद्धता शुल्क पनि बुझाउनु पर्नेछ।

प्रकाशित: १२ बैशाख २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...