पोको सी८१ र सी८१एक्स लन्च गरियो; १२० हर्ज स्क्रिन र ६,३०० एमएएच ब्याट्री समावेश

  • Technology Khabar | १२ बैशाख २०८३, शनिबार
पोको सी८१ र सी८१एक्स लन्च गरियो; १२० हर्ज स्क्रिन र ६,३०० एमएएच ब्याट्री समावेश
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

पोकोले पोको सी८१ र पोको सी८१एक्स को लन्चसँगै सी सिरिज स्मार्टफोनहरूको आफ्नो पोर्टफोलियो विस्तार गरेको छ।

पोको सी८१
पोको सी८१ ४जी स्मार्टफोनमा युनिसोक टी७२५० एसओसीको साथमा ४जीबी एलपीडीडीआर४एक्स र्याम समावेश गरिएको छ। स्मार्टफोनमा रहेको ६४जीबी अनबोर्ड स्टोरेज माइक्रोएसडी कार्ड मार्फत २टीबी सम्म विस्तार गर्न सकिन्छ। सफ्टवेयरतर्फ एन्ड्रोइड १६–आधारित हाइपरओएस ३ रहेको छ भने पोकोले चार प्रमुख एन्ड्रोइड अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्ने बताइएको छ।

पोको सी८१ मा ८०० निट्स एचबीएम ब्राइटनेस र १२०हर्जसहितको ६.९ इन्चको एचडी+ एलसीडी छ। डिस्प्लेको नचमा ८ मेगापिक्सेल सेल्फी क्यामरा पनि रहेको छ। फोनको पछाडिको भागमा १३ मेगापिक्सेलको प्राथमिक क्यामराको साथ डुअल–क्यामरा सेटअप रहेको छ।

पोको सी८१ मा ६,३०० एमएएच ब्याट्री समावेश गरिएको छ। स्मार्टफोनले १५वाट चार्जिङलाई समर्थन गर्दछ भने ७.५वाट रिभर्स वायर्ड चार्जिङलाई पनि समर्थन गर्दछ।

पोको सी८१ का अन्य सुविधाहरूमा आईपी५२ रेटिङ, डिस्प्लेको लागि वेट टच समर्थन, साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, यूएसबी–सी,ङ्ग र ३.५एमएम हेडफोन ज्याक समावेश गरिएको छ।

पोको सी८१ सनसेट गोल्ड, स्काई ब्लू र एलिट ब्ल्याकगरी तीन रङ विकल्पहरूको साथ एकल ४जीबी÷६४जीबी कन्फिगरेसनमा उपलब्ध हुनेछ।

पोको सी८१एक्स
पोको सी८१एक्स भने फरक डिजाइन, कम र्याम, कम ब्राइटनेससहितको सानो स्क्रिन, सिङ्गल रियर क्यामरा र कम ब्याट्री क्षमता भएको सी८१ हो।

पोको सी८१एक्समा ३ जीबी र्र्याम, ६५० निट्स एचबीएम ब्राइटनेस भएको ६.८८ इन्चको डिस्प्ले, १३ मेगापिक्सेलको रियर क्यामरा र ५,२०० एमएएच ब्याट्री समावेश गरिएको छ। स्मार्टफोनले एन्ड्रोइड १५ चलाउँछ भने दुई प्रमुख एन्ड्रोइड अपग्रेड र चार वर्षको सुरक्षा अपडेटहरू प्राप्त गर्नेछ।

पोको सी८१एक्स एकल ३ जीबी/६४ जीबी कन्फिगरेसनमा आइस ब्लू र क्रिस्टल ब्ल्याकगरी दुई रङ्गहरूमा उपलब्ध हुनेछ।

पोको सी८१एक्सको मूल्य ९,९९९ भारतीय रुपैयाँ (१०५ अमेरिकी डलर/९० यूरो) कायम गरिएको छ भने पोको सी८१ को मूल्य १०,९९९ भारतीय रुपैयाँ (११५ अमेरिकी डलर/१०० यूरो) रहेको छ। दुवै फोनहरु अप्रिल २७ देखि फ्लिपकार्ट मार्फत भारतमा बिक्रीको लागि उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १२ बैशाख २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...