ताजा समाचार

अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा
वीरगञ्ज घण्टाघर आसपासको क्षेत्र। फाइल तस्बिर
Global IME Bank

सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध रूपमा भारतबाट भन्सार छली गरेर भित्र्याइएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाले बिहीबार पर्साको विभिन्न स्थानबाट करिब रु १७ लाख ३० हजार मूल्य पर्ने २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको जानकारी दिए।

उनका अनुसार वीरगन्ज महानगर-१६ स्थित मुख्य भन्सार नाकाबाट १४, सिर्सियानाकाबाट सात, विन्दवासिनी गाउँपालिका-५ स्थित प्रसौनीभाठाबाट एक गरी २२ स्थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयलाई बुझाइएको छ। रासस

Sajilo Visa
easy care