शून्य बाँकी फाइल सप्ताहमा फर्छ्यौट नभएको फाइलको सम्बन्धमा फोन र अनलाइनमार्फत् गुनासो गर्न सकिने

  • Technology Khabar | १० बैशाख २०८३, बिहीबार
शून्य बाँकी फाइल सप्ताहमा फर्छ्यौट नभएको फाइलको सम्बन्धमा फोन र अनलाइनमार्फत्  गुनासो गर्न सकिने

काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अब शून्य बाँकी फाइल सप्ताहमा फर्छ्यौट नभएको फाइलको सम्बन्धमा फोन र अनलाइनमार्फत् गुनासो गर्न सकिने व्यवस्था गरेको छ।

कार्यालयले हालै एक सूचना प्रकाशित गरी सम्बन्धित सबैलाई यसबारे जानकारी दिएको हो।

सरकारले गत २०८२ चैत ३० देखि मिति २०८३ वैशाख ७ सम्म “शून्य बाँकी फाइल सप्ताह” अभियान सञ्चालन गरेको थियो।

सो अवधिमा तीन वटै तहका सरकारी निकायबाट फर्छ्यौट हुन नसकेका फाइलको सम्बन्धमा कुनै गुनासो भएमा कार्यालयमा रहेको हेलो सरकार शाखाको टोल फ्री नम्बर ११११, वेब पेज https/gunaso.opmcm.gov.np/register लगायतमा गुनासो गर्न सम्बन्धित सबैको आग्रह गरिएको छ।

प्रकाशित: १० बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार