ताजा समाचार

भ्रामक समाचार प्रकाशन प्रसारण नगर्न प्रहरीको आग्रह

भ्रामक समाचार प्रकाशन प्रसारण नगर्न प्रहरीको आग्रह
Global IME Bank

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने तथा शान्तिसुरक्षामा नकारात्मक असर पार्ने किसिमका कुनै पनि सामग्री प्रकाशन, प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

प्रहरीले सुनकोशी गाउँपालिका–३ का श्रीकृष्ण विकको मृत्यु भएको घटनासँग सम्बन्धित तथ्यहीन, भ्रामक र अनर्गल प्रचार भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जबर्जस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेका विकको गत सोमबार इलाका प्रहरी कार्यालय खुर्काेटको हिरासत कक्षको शौचालयभित्र रडमा झुन्डिएको अवस्थामा फेला परेपछि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

उक्त घटनाका सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा पीडितका प्रतिनिधि, जिल्लास्थित दलित सङ्घसंस्था तथा सरोकारवाला निकायको सहभागितामा गठित सत्यतथ्य छानबिन समितिले कार्य प्रारम्भ गरिसकेको जनाइएको छ ।

त्यस घटनाका सन्दर्भमा यथार्थ विवरण उक्त समितिको कार्य सम्पन्न हुनासाथ सार्वजनिक गरिने पनि प्रहरीले स्पष्ट पारेको छ । रासस

Sajilo Visa
easy care