
काठमाडौं ।
ह्वावेले नेपालमा ह्वावे ब्यान्ड ११ सिरिज आधिकारिक रूपमा लन्च गरेको छ। यो स्मार्ट वेयरेबल हेल्थ (स्वास्थ्य), फिटनेस र दैनिक वेलबिइङमा केन्द्रित रहेको बताइएको छ।
ह्वावेद्वारा पावर्ड र मेल्टडाउनसँगको सहकार्यमा आयोजित यो कार्यक्रमको शीर्षक “रन विथ द बीट” रहेको थियो।
नेपाली नयाँ वर्ष २०८३ को अवसर परेर ह्वावेले मेल्टडाउनसँगको सहकार्यमा “रन विथ द बीट” शीर्षक रहेको कार्यक्रम मार्फत अप्रिल १५ मा यो स्मार्ट वेयरेबल लन्च गरेको थियो।
नेपालमा यो पहिलो अनुभवले धेरै सहभागीहरूलाई एकै ठाउँमा ल्याउँदै फिटनेस, संगीत र प्रविधिलाई एक गतिशील उत्सवमा संयोजन गरेको थियो।
ह्वावे ब्यान्ड ११ सिरिजः स्मार्टर हेल्थ एण्ड फिटनेस कम्प्यानियनः
ह्वावे ब्यान्ड ११ सिरिज उन्नत स्मार्ट सुविधाहरूको साथ दैनिक स्वास्थ्य, फिटनेस र जीवनशैलीलाई समर्थन गर्न डिजाइन गरिएको बताइएको छ।
मुख्य विशेषताहरूः
ह्वावे हेल्थ एपसँग एकीकृत यो स्मार्ट वेयरेबलले प्रयोगकर्ताहरूलाई पर्फर्मेन्स, रिकभरी र समग्र वेलविङ (कल्याण) सुधार गर्न मद्दत गर्ने पर्सनल इनसाइट प्रदान गर्दछ।
नेपालमा मूल्य निर्धारण र उपलब्धताः
प्रकाशित: १० बैशाख २०८३, बिहीबार