लाइसेन्स विवरण वेबसाइटमा

  • Technology Khabar | ३ बैशाख २०८३, बिहीबार
लाइसेन्स विवरण वेबसाइटमा

काठमाडौं ।

सुरक्षण मुद्रण केन्द्रले छापिएका सवारीचालक अनुमतिपत्र (लाइसेन्स) विवरण वेबसाइटमा राख्न सुरु गरेको छ। सेवाग्राहीलाई छापिएका लाइसेन्सको जानकारी दिनुका साथै छिटोछरितो प्राप्त गर्न गराउनका लागि वेबसाइटमा राख्न थालिएको हो।

केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले भने, “हामीले कति उत्पादन गर्यौं भन्ने
विवरण सार्वजनिक गरिरहेका छौं। यातायात व्यवस्था विभाग र कार्यालयसँगको समन्वयमा छापिएका कार्ड सम्बन्धित ठाउँमा पठाउने व्यवस्था पनि मिलाइएको छ।”

उनका अनुसार केन्द्रले हाल दैनिक करिब ४० हजारप्रति लाइसेन्स छाप्न थालेको छ। दुई सिफ्टमा छपाइ भएको छ। २९ लाखप्रति लाइसेन्स असार मसान्तसम्म छापिसक्ने योजना अनुसार काम भइरहेको ढुङ्गानाले बताए। एउटा जिल्लामा ६६ हजारदेखि एक लाख प्रति लाइसेन्स छाप्न बाँकी छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले लाइसेन्सको ढिलासुस्ती हटाउन निर्देशन दिएपछि छपाइ तीव्र पारिएको हो। २०७२ सालमा लागु भएको स्मार्ट लाइसेन्स सुरुकै दिनदेखि छाप्न बाँकी रहँदै आएको थियो।

सुरुवाती दिनमा दैनिक माग करिब पाँच हजार रहँदा दैनिक दुई हजार पाँच सयसम्म छाप्ने गरिएको थियो। जसले गर्दा क्रमशः छाप्न बाँकी लाइसेन्सको सङ्ख्या थपिँदै जाँदा हाल २९ लाख प्रति पुगेको हो। प्रिन्ट लाइसेन्स प्राप्त गर्न कम्तीमा तीन वर्षसम्म कुर्नुपर्ने बाध्यता रहँदै आएको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: ३ बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार