फागुन मसान्तसम्म साढे ३० करोड रुपैयाँमाथिको विद्युतीय चुलो आयात

  • Technology Khabar | ११ चैत्र २०८२, बुधबार
फागुन मसान्तसम्म साढे ३० करोड रुपैयाँमाथिको विद्युतीय चुलो आयात
एआई निर्मित सांकेतिक तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को आठौं महिना फागुन मसान्तसम्म नेपालमा ३० करोड ४१ लाख १२ हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न २४ देशहरुबाट उक्त मूल्य बराबरका १ लाख ४७ हजार ८४६ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ४ करोड ३३ लाख ७ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट २६ करोड २७ लाख ६९ हजार बराबरको १ करोड २५ हजार १८५ थान तथा भारतबाट ३ करोड ६४ लाख बराबरको ६९ हजार बराबरको २० हजार ८०७ थान चुलो आएको छ।

यीबाहेक कतारबाट ७१ हजार बराबरको ६२ थान, यूएईबाट १ लाख २९ हजार बराबरको ९१ थान, बंगलादेशबाट २५ लाख ६२ हजार बराबरको १ हजार २९० थान, मलेसियाबाट ७ लाख ३६ हजार बराबरको ४८ थान तथा साउदी अरेबियाबाट ६ हजार बराबरको ५ थान तथा अमेरिकाबाट २ हजार बराबरको १ थान विद्युतीय चुलो आएको पाइएको छ।

यस्तो छ तथ्याङ्क

इण्डक्शन चुलो

क्र. सं.देशपरिमाणरकम
बंगलादेश३९०७९६
चीन८७८३९१९४५४८
भारत१६२२८२६२०३
इण्डोनेसिया1१८२
दक्षिण कोरिया१२१०
कुवेत
मलेसिया४८७३६
कतार६१६८
साउदी अरेबिया6
१०सिंगापुर१११३
११युयाण्डा२१
१२यूएई९७१३४
१३बेलायत
१४स.रा. अमेरिका

 

इन्फ्रारेड चुलो

 

क्र. सं.देशपरिमाणरकम
बंगलादेश१२००२३७०
चीन३६९०८६६६०७
भारत४१०९७७२७
कतार

 

अन्य विद्युतीय चुलो

क्र. सं.देशपरिमाणरकम
चीन४३८१६१४
भारत४७०२५३९
कतार
सिंगापुर
स्पेन१०५३६
यूएई

प्रकाशित: ११ चैत्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...