चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज मेला हुँदै

  • Technology Khabar | ६ चैत्र २०८२, शुक्रबार
चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज मेला हुँदै

काठमाडौं ।

एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ।

आगामी १२ चैतदेखि १४ चैतसम्म देशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल इभीमा अपग्रेड हुने सबैभन्दा उत्तम समय हुनेछ।

मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीहरुको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, निःशुल्क बिमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टी जस्ता सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ।

नेपालमा दिगो यातायाततर्फको रुपान्तरण तीव्र बन्दै गइरहेको अवस्थामा एमएडब्लु वृद्धि नविन तथा ग्राहक केन्द्रित पहलमार्फत इभीको स्वामित्वलाई सहज बनाउन प्रतिबद्ध रहेको छ। बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना तथा आकर्षक एक्सचेन्ज सुविधाका कारण यो कार्निभल इभीमा अपग्रेड गर्ने सबैभन्दा उपयुक्त अवसर बनेको कम्पनीको दावी छ।

काठमाडौं उपत्यकामा यो कार्यक्रम ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिनेछ।

उपत्यकाबाहिर दिपल, नामी तथा सेरेसका सम्बन्धित सोरुमहरुमा आयोजना हुनेछ जसले देशभरका ग्राहकलाई यो अभुतपूर्व अवसरको फाइदा उठाउन सहज बनाउनेछ।

यी आकर्षक अफरहरुका अतिरिक्त कार्यक्रमा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल तथा खानाको स्टलहरु जस्ता मनोरञ्जनात्मक गतिविधिहरु पनि समावेश गरिनेछ जसले सम्पूर्ण परिवारका लागि रमाइलो र अन्तरक्रियात्मक अनुभव प्रदान गर्ने जनाइएको छ।

प्रकाशित: ६ चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...