सामाजिक सञ्जाल एक्समा बुधबार बेलुका विश्वव्यापी रुपमा समस्या देखिएको गुनासो

  • Technology Khabar | ४ चैत्र २०८२, बुधबार
सामाजिक सञ्जाल एक्समा बुधबार बेलुका विश्वव्यापी रुपमा समस्या देखिएको गुनासो

काठमाडौं ।

सामाजिक सञ्जाल एक्समा बुधबार बेलुका विश्वव्यापी रुपमा समस्या आएको छ। सामाजिक सञ्जाल र वेबसाइट आउटेज ट्र्याक गर्ने वेबसाइट डाउनडिटेक्टर डटकमका अनुसार एक्स आउटेजका कारण विश्वभर सेवाग्राहीले समस्या भोगेको गुनासो गरेका छन्।

नेपालमा पनि सेवाग्राहीले एक्स संचालनमा समस्या भोगेका छन्।

डाउनडिटेक्टरका अनुसार अहिले बेलुका ९ बजे करिब १४ हजार भन्दा बढिले प्लेटफर्म नचलेको रिपोर्ट गरेका छन्। जसमध्ये अधिकांशले एपमा समस्या भोगेको देखिन्छ। एपमा ४५ प्रतिशतले समस्या भएको उल्लेख गरेका छन्।

यसअघि पनि एक्स पटक पटक डाउन गरेको छ।

डाउनडिटेक्टरले प्रयोगकर्ता तथा अन्य स्रोतहरुबाट कुनै पनि वेबसाइट र सामाजिक सञ्जालको स्थितिबारे तथ्याङ्क संकलन गरेर त्यसैका आधारमा गडबडीको आकलन गर्ने गर्दछ।

प्रकाशित: ४ चैत्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार